नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

भुइँ पाटी
मंगलवार, फाल्गुण १ २०८०

  • २०८० फागुन १ 
    अबुजा–नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ ।
    संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार  खोजतलास अबुजाको देई–देई–जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ।
    “त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला संदिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको,“ इग्वेहले  बताउँनु भएको छ।
    संदिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ ।  प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागुऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकल समेत फेला परेको छ ।  “संदिग्ध व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend