डायस्पोरा गुञ्जन

प्रवासमा गुञ्जियो मनमल्लिका !

प्रवासमा गुञ्जियो मनमल्लिका !

भुइँ पाटी
मंगलवार, श्रावण २६ २०८३
  •  अगष्ट ०९, न्युयोर्क ।

    आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा अनेसास न्युयोर्क च्याप्टरले आयोजना गरेको साहित्यिक कार्यक्रममा कवि तथा गीतकार विकास विष्टको कविता सङ्ग्रह ‘मनमल्लिका’ विमोचन गरिएको छ। कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता वाचन गर्नुका साथै भानुभक्तको साहित्यिक योगदानमाथि चर्चा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि माननीय राजदूत दधिराम भण्डारी रहनुभएको थियो। प्रमुख अतिथि भण्डारीले नेपाली साहित्यलाई स्थानीय साहित्यसँग जोड्न सके नेपाली साहित्य अझ फराकिलो हुनेमा आफू बिस्वस्त रहेको बताउनुभयो । अनेसासका नवनिर्वाचित केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदी विशिष्ट अतिथि तथा अनेसास केन्द्रीय उपाध्यक्ष (उत्तर अमेरिका क्षेत्र) शकुन ज्ञवाली विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा अनेसास केन्द्रीय सदस्य महेश्वर पन्त तथा शास्त्रीय गायिका एवं अनेसास केन्द्रीय सदस्य हरिमाया अधिकारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा गीता खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्यिक गतिविधिले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभएको थियो। 

    anesasa inter.jpg
    तस्बिर  : घायल श्री

                ‘मनमल्लिका’ विमोचन

    कार्यक्रमको प्रमुख आकर्षण कवि तथा गीतकार विकास विष्टको कविता सङ्ग्रह ‘मनमल्लिका’को विमोचन थियो। सङ्ग्रहबारे बोल्दै साहित्यकार रश्मि भट्टले ‘मनमल्लिका’ उत्कृष्ट र पठनयोग्य कृति भएको बताउनुभयो। कवि विष्टले आफ्नो सिर्जनाको स्रोत जीवनका प्रत्यक्ष अनुभव र अनुभूति भएको बताउनुभयो। आफूले देखेका, सुनेका र भोगेका विषयलाई टिपोट गर्दै शब्दहरूको जोडघटाउ र परिमार्जन गर्दै जाँदा ‘मनमल्लिका’ जन्मिएको उहाँको भनाइ थियो।

             कविताले ततायो साहित्यिक माहोल

    कार्यक्रममा नाटककार वीरेन्द्र हमाल, कवि लोकनाथ भुसाल ‘घायलश्री’, रविन शर्मा, लक्ष्मी थापा, हरिमाया अधिकारी लगायतका स्रष्टाहरूले आफ्ना कविता प्रस्तुत गर्नुभएको थियो। कविहरूको कविता वाचनले कार्यक्रमलाई थप सिर्जनात्मक र साहित्यिक बनाएको थियो। कार्यक्रममा पासाङ शेर्पा, नदिया लिवाङ, कवि किसानसिंह धामी, डा गोविन्द कोइराला, राजेन्द्र श्रेष्ठ, राजन महर्जन, अनुज थापा, भरत पुरी, डियर कल्याण, रोमन अधिकारी, आनन्द श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, पद्मा लिँखा मगर, गीता पराजुली पन्त लगायतका कवि तथा गीतकारहरूको पनि सहभागिता रहेको थियो।

             भानुभक्तको योगदानको चर्चा:

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend