कथा

वरण

वरण

भुइँ पाटी
आइतवार, श्रावण ३ २०८३

  • जिरो किलोमिटरबाट ईभी गाडीको चक्का अगाडि बढे सँगै पछाडीअरु ईभी गाडीकोलामो कतारो देखियो  । ओहो ! बेनी बागलुङ त के जोमसोम पनि जाने रहेछन् गाडी ।सडकको स्तर बढेछ ।सानो पाङग्राको गाडी यो भुगोलमा ? उत्सुकता र रमाइलो पनि लागेर आयो । यस्तो परिवर्तन ..? गर्व लागेर आयो । पहिले बसपार्कमा लामो समय बस कुर्दाका दिन याद आए । रोक्दै रोक्दै हिँड्ने, गाडीलाईनको मोनोपोली । सप्लाई बढ्नु कस्टुमरको हितमा हुने ।अहिले त दुई÷अढाई घण्टामा ठाउँमै पुगिने ।
    “सवारी पुगे छैन, हिड्नु भयो ?” 
    “पुग्यो अब । बाटोमा कोही पाईन्छ कि?” गुरुजीले उत्तर दिए । बिजुलीमा धेरै खर्च नहुने ।डिजलपेट्रोल झैँ महङ्गो ईन्धन भएपो गाडी पुरै प्याक गर्न पर्ने चिन्ता । दुई तीन सयमा बिजुली चार्ज खर्च काम तमाम ।सिम्पानी सम्ममा दुई सवारी थपिए । अनुहारमा उज्यालो छायो गुरुजीको । फोर लेनको बाटोमा गाडी हुइँकियो ।मिलनचोक सुईखेत हँुदै स्पीड बढाउँदै लगे, मानौँ अब कुनै सवारी चाहिँदैन । बिस वर्षको अन्तरालमा यो भूगोलमा बाटो,घर र बिजुलीका सवारीले मनलाई छोएर आयो । नागडाँडा र काँडेको बाटोबाट धौलागिरि र माछापुच्छ्रेसर्वाङ्ग नग्न झैं देखिए । बादलुका छिटा कतै छैनन् ।झन् अग्लिएका देखिए ।यिनको तुलनामा कोलोराडोको माउन्ट एल्वर्ट फुच्चे हो भन्ने लाग्यो ।यो पटक दुई हप्ता राजधानीमै बितेर गए। कति छिटो बिते यी दिन पत्तै भएन ।जीवनकाकरिव एक तिहाई वसन्त बिताएको ठाँउ हर्लक्कै याद आयो । परिवारलाई सम्पर्क गर्न पर्ने...? मेसेन्जरमा एसएमएस गरेँ ,गाँउ जाँदैछु भनी छोरा बुहारीलाई । एएरपोर्टमा छोड्न आउँदा भनेका कुरा — “ड्याडी नेपालमा सोच्नु होला । हामी पनि आउँला । जन्त सँगै जाउँला ।” खिसिक्क हाँसो उठ्यो । बाउको बिहेको जन्त जाने भन्छ,..बज्या ।उखान मात्र हो भन्ने लाग्थ्यो ।अर्को कोणबाट हेर्दा उखान सहि छ । मुटुमै गड्यो । कानमा एअरफोन लगाएर मोवाइलको गीत सुन्दै आफ्नै तरङ्गमा बगिरहेँ ।
    ओरालो बाटोमा एक ठाउँमा खाजा खुवाउने कटेज सहित चार्जिङ्ग स्टेसन देखियो । ड्राइभरले गाडीको गति कम गर्दै स्टेयरिङत्यतैपट्टिमोडे । “आधा घण्टा गाडी रोकिन्छ । चियापानी गर्नु है” भन्दै गुरुजी गाडी चार्ज गर्न नोजल सोजाउन लागे ।आङ तान्दै दृष्टि दौडाएँ । अगाडि नै कालन्जर पर्वतको भीमकाय स्वरुप देखियो । पश्चिम तर्फ आँखा लाएँ । हम्पाल पर्वत देखिएन । छेलिने रहेछ । त्यही पर्वतको ब्यासीँ फाँटमा रहेको गाँउघरको सम्झना आयो । त्योवर्ष फुस्रे खोलोमा ठुलो बाढी आएको थियो । त्यही बाढीको हल्काले धेरैको धान खाने गैरी खेत स्वाट्टै हान्यो । हिउँदमा सुख्खा पहिरोले एउटा डाँडो खसेर गयो । धेरैको आवादी जमिन कालीमा मिसियो ।गाँउघरमा हाहाकार भयो । अब अनिकाल र प्रलय आउँछ भन्थे ।बेसाहाको चिन्तामा थिए गाँउलेहरु । त्यहीवर्षराजाको सदरमुकामको विकास भ्रमण रहेछ ।पुनर्वास पाए धेरैले । औल लाग्छ भन्ने डरले केही गएनन् बर्दियातिर । तर पेटभरिको दालभातको आशाले धेरैले डाँडो काटे । रुपमा फरक परे पनि स्वरुपमा उस्तै देखियो त्यो क्रम ।पछि छिटफुट रुपमा सक्नेले शहर बजारबसाई सर्दै गए ।यही हुलमा हाम्रो परिवार पनि मिसियो ।फर्कने भएनन् ।
    मनमा अपराधबोध भैरह्यो । जन्मेहुर्केको ठाउँ आउन धेरै बर्ष ढिला गरेँ । अठारौँ वसन्त सँगै लडिबुडी गरी बिताएका ढुङ्गामाटोले पनि खिसी गर्लान् झैँ लाग्यो ! उतै मनग्ये पुगेको,भरिपूर्ण भएको यता किन आएको? मुक भाषामा पक्कै भन्छन्.. भन्ने लाग्यो ।आफन्तीलाई त उत्तर दिउँला,यिनलाई के उत्तर दिने चस्स भयो मन ।किशोरवयमा बनपाखा गरेकाखोला किनार,खेतबारीका फाँट,भिरमुनीका जङ्गल र ओडारहरुस्मृतिमा चलमलाउन थाले । सिमखोलाको झरनाबाट बनेका पौडी पोखरीहरु,गाईगोठ, र बस्तुभाउका ताँतीहरु । पुच्छर उचाल्दै बुर्कुसी मार्दै लोसमा दौडेका मैमत्त बहरहरु । खेतको अँचिलो सिङले उँधिनेर स्वाँ स्वाँ र फुँ ..फुँ गरेका गोरुहरु ।यसरी उँधिन्दा ढुङ्गाको कर परेर सिङफुक्लिएर छेउलागि पुच्छरले झिँगा धपाउँदै शान्त भएका गोरुहरु ।मष्तिस्कमा रिल घुमेझैँ घुम्न थाले ।
    अझै गोठालो जाँदाका साथीभाई, गोठाला र गोठाल्नीहरुको अनुहार सम्झिने प्रयास गरेँ ।कति गोर्खा रेजिमेन्टको पेन्सन थाप्ने भएका होलान् । लाहुरे जति अरुले स्वास्नीलाई माया गर्न सक्दैनन् भन्थे बुढापाकाहरु । जहानले सुख पाउली भनेर गाँउ छाडेर शहर पसे होलान् उनीहरु । बस्तुभाउको सामान्य लडाईमा पनि धारेहात लगाउँदै चण्डी रुप देखाउन सक्ने सफा मनका मायालुकिशोरीहरु ।कोहीहावाको झोक्काले फ्रक उचालेर छातीसम्म पुराउंदा पनि नसँभालिने नखरमाउलीहरु । त्यसै मध्येकी एक थिईन् हितको रानी झैं ।घर अलि टाडा भएनी बन जङ्गल चरन चरान एउटै थियो ।एउटा प्रश्न थियो उनलाई सोधेको जवाफ पाएको थिईन । कतै भेटे उत्तर त देउ न, भनि जिस्किने लोभ पनि पलायो ।फेरिकतै धोकेवाज भन्दै डाँट पाउने हो ?सँगै डर पनि पलायो । जे त होला, कसै गरी भेटिनु पर्छ यो मनले भन्यो । अर्को मनले उहिलेका कुरा खुईले,कसले पो सझँने?ती दिन सबैले भुलेहोलान् ! कसलाई फुर्सद छ सम्झिरहन जीवनको गोरेटोमा ।यी सबै हजुरबा हजुरआमा भैसके होलान् । पिपलचौपारीमा ढल्किदै गफ गर्दै होलान् । जीवनका उत्तरार्धमा बैंसका कुरा गर्दै साथिसँग लाडिन मजा आउँछ । अबजति बसिन्छ,धीत मर्ने गरी यिनै सँग दिन बिताउने हो । यायावर झैँ विचरण गर्ने मनले प्रण गर्यो ।
    कराईमा हाल्दै गरेको सेलरोटीले मन खिच्यो ।तातो तेलको बानमा चाँईचुईँ गर्दै पाक्दै गरेका रोटी एक माथि एक गर्दै तह मिलाउँदै चाङमा थिए । चिया र रोटी लिदैँ अन्तिम लहरको टेबुलमा बसेँ । केटाकेटीमा यही रोटी खान तिहार कुर्न पथ्र्यो । कहिलेकाही मौका मिले आक्कलझुक्कल हात पथ्र्यो । कोशेली र पूजापाठको अवसरमा । तर, उतिबेलाको स्वाद आजकल पाईदैन । कहाँबाट पाउनु ?उतिबेलाको पर्खाई,भोक र अभाव आजभोलि कहाँ छ र!उतिबेला पैसा थिएन ।अहिले त पैसा पनि छ । हात हातमा मोवाईल छ । नम्बर थिचे कतै जान पर्दैन, चीज अगाडि आइपुग्छ । रोटीलाईपिटिक्कै भाँचेर दुई टुक्रा बनाएँ । तातो बाफ सहितको बास्नाले नाक पोल्यो । पहिलो गास मुखमाराख्दै थिए ।कसैले ‘शैलेन्द्र’ .भनेको आवाज आयो । एअरफोन झिक्दै आवाज तिर फर्किए । हेर्दा पचास कटेकी महिलाले नजर गाडेर बसेकी ।
    “ए ! मैले त शैलेन्द्र जस्तो लागेर बोलाएको !” उनी अक्मकिदै फर्किन लागिन् ।
    “म शैलेन्द्र नै हो । कसरी चिन्नु भयो ?” उनी नगिजै आईन् । कन्फर्म गर्न बा र बैनीको नाम लिएर केरकार गरिन् । मैले हो भनेपछि उनले लामो सास फेर्दै भनिन् — “तिन चार पटकसम्म नाम लिएर बोलाएँ । सुन्ने होइन... !पोखरादेखि हो कि हैन ? भनेर लख काटिरहेकी थिएँ । खसखस लागेर सोध्न आएको !”  उनी फिस्स हाँसिन् ।साधारण पहिरन, लवाईखवाई,वाक्पटुता ऐना झै छर्लङ्गै देखियो । तर खुट्याउन सकिनँ । भावभङ्गीमाचिने जानेका हौँ भन्ने उनका आँखामा देखियो ।मैले भने कुनै अनुमान गर्न सकिन । हक जताएको जस्तो देखिएपछिपरिचय दिन आग्रह गरेँ । गाँउ छाडेको पनि चालिसबर्ष कटि सक्यो ।बढ्ने उमेरमा छुटेको भए शरीरको बनावटको परिवर्तनले पनि चिन्न गाह्रो हुन्छ । अझै महिलामा धेरै परिवर्तन हुन्छ । पुरुष र महिलामा परिवर्तन फरकफरक हुन्छ । एकैनास हुदैन । वयस्क अवस्थामा छुटेको मानिसलाई पछिसम्म पनि चिन्न सकिन्छ ।
    मैले ठम्याउन नसक्दा उनले आश्चर्य भाव देखाइन् । व्यर्थै भेट्न आएछु जस्तो अनुहार बनाइन् । तरस जागेर आयो ।आत्मिय रुपमा कुर्सी तानेर बस्ने आग्रह गरेँ ।
    सहज हुदै उनले भनिन् — “सिमलबुट मुनी... । केटाकेटीमा सबैले माइली भन्थे है !निष्ठुरीले के चिन्नु र ! वनपाखा गरेको बिर्सिन्छ र ?”
    उनी ब्यङ्गवाण प्रहार गर्दै उठिन्र अगाडि बढिन्। उनको चाल हेर्दै गएँ । सोझै गाडीमा बसिन् ।उही गाडी रहेछ । मैले आफैलाई अपराधीजस्तै मानेँ । गाडीको चार्ज पुगेछ । गुरुजीमूलबाटोमा भ्यान मोड्न लागे । साहुनीलाई भूक्तानी गरि कानमा एअरफोन लगाएर गाडीमा बसेँ । यस पटक अडियो म्यूट गरे । कसैको डिष्टर्ब नहोस् । विगतमा हराएँ ।
    केटाकेटीमा भेटिएकी माइलीले निष्ठुरीको छाप लगाएर छोडिन् । पत्रपत्र गर्दै उप्किदै गएका विगत सम्झिँदा थोरैथोरै हाँसो ओँठमा पोखिदै गयो । ध्यान मुद्रामा जोडिएका ओँठहरु खुल्दै गए ।कतिखेर त लज्जामिश्रित हाँसोले घोच्दै काउकुती लगायो । पछाडि फर्केर हेरेँ । आँखा जुधे तर उनले टाउको निहुराइन् । अघि भाउ नदिएकोमा रिसाएजस्तो लाग्यो ।यो उमेरमा पनि घुर्की कति सुहाएको हो ? महिलाको लागि आभूषण हो जस्तै लाग्यो । मन र ध्यान तानिदै उतै डोलिन लाग्यो ।
    कुश्मा बजारमामेरो सँगैको सिटको यात्री झरे । मेरो आग्रह स्वीकारेर उनी मसँगै आइन् ।नियालेर हेर्दा उ बेलाको प्रतिबिम्ब सिलो टिपे झै देखियो । ज्यानको आकारप्रकार आकाशै पाताल फरक झै देखिए पनिआँखा भने उस्तै लागे ।
    “कता हिँड्नु भएको हो ?”
    “माईती ”
    “को को हुनुहुन्छ निमाईतीमा ?”
    “आमा हुनुहुन्छ । आमालाई भेट्न जाने हो । भोलिआमाको मुख हेर्ने दिन हो ।” यिनको कुराले आमाको झल्को हर्लक्कै आयो । आमालाई असमयमै गुमाउँदाको पीडाले पलपल चिमोटीरहेको मन बल्झियो ।कालिगण्डकीको किनारै किनारै भर्खरैको पीच बाटो बाहिरका दृष्यहरु मिलिक्क मिलिक्क हँुदै हराइरहे । वैशाख महिनाको दिन नदी किनाराको खोँचको बाटो पसिनाले तरतर भयो ज्यान । पसिना पुछ्दैअररो भएको ज्यानलाई तन्काउँदै भनेँ — “तिमी त भाग्यमानी रहिछ्यौ । आमालाई भेटेर आशिर्वाद लिन पाएकी छ्यौ ।मेरो त भगवानको प्यारो हुनु भयो उहिल्यै ।आमा अगाडि जानु भयो । बाबाले दोस्रो घरवार गर्नु भयो ।हामी विदेशियौं । बाको कर्म विदेशमै निप्टार्यौँ । आमा बा हुँदा आकाशै ओडेजस्तो ढुक्क हुने रहेछ मन । उमेरमा दौडधुप धेरै भयो । विदेश पुगेपछि सेवा गर्ने मौका पनि गुम्यो । राजधानी बस्ने व्यबस्थाले उपचारलाई सजिलो त भयो ।तर बचाउन सकिएन । पिठो सकिएपछि कसको के लाग्यो ? सानीमा हुनुहुन्छ राजधानीमा । तर आमाको स्थान कसैगरी नहुने रहेछ ।”
    उनले मौन भावले समर्थन गर्दै भनिन् — “तपाइँको आमा र मेरी आमा साथी साथी थिए । बस्तुभाउ चराउने,घाँस दाउरा, पात सँगै गर्थे । बिदाको दिन त हो नि हामी गाईबस्तु लिएर वन जाने । आठकक्षा टेक्दै मेरो स्कुल छुटाए पढाई पुग्यो भनेर ।अक्षर चिने पुग्यो भन्थे । बा पुरानै सोचका । बस्र्यौटे ससाना भाइबैनी घरको काममा कजिएँ । एसएलसी पछि आजै भेटिनु भयो ।एकाध पटक आए झैँ लाग्छ । तर भेटिनु भएन। पछि थाहा भयो परिवारै शहर पसेकोे । कति धेरै पढ्नु भयो ? कहाँ कहाँ पुग्नु भयो ? आफू नै पोभाग्यमानी ।म के को भाग्यमानी..? तपाइँको जानकारी सकेको लिएर बसेकी छु आजसम्म म । मेरो के थाहा छ र तपाइँलाई? ” उनले अमिलो मुख गरिन् ।
    मेरै आत्माले मलाई बैगुनी भने झैं भयो । फुक्काफाल मान्छे...। यो जीवनको ओझेलमा बसेर पनि कसैले मलाई मुटुमै सजाएर बसेको रहेछ ।फुलवारीको मालीले फुल सजाए झैँ ।यो धैर्यता ! तपस्या....। यो संयोग तिम्रो खेल हो ? बिधाता । भनेर सोधुँकि? मन भयो । एक पटक पनि सोधखोज नगरेकोमा पश्चातापकोकालो बादलले धपक्कै ज्यान ढाकेर उकुसमुकुसझैँ भयो । दुःखी मनले भन्यो —तेरो जस्तै सफलताको कथा हुन्छ र सबैको ?पीरको भारी बोकेर हिँडेका छन् कति कति ! तिनीहरुका पूर्णबिराम हुन नपाएका टुहुरा कथाहरु छन् । ती कथासुन्..। यो स्वार्थी संसारमा ती कथा अरु कसले सुन्दिन्छ? कसलाई पोख्ने ..? माइलीका टुटेका सपनाहरु बिसाउने चौपारी तिमी नै हो । त्यो भारी थाम..।कसैले कानमा फुसफुसाएँ झै लाग्यो ।
    ”परिवारमा को को ...?” दबेको स्वरमा सोधेको प्रश्नको प्रत्यूत्तर “म आफै परिवार हो ।” भनेर टुङ्गाइन् । एकै मानिस एउटै परिवार ! थोरै ब्यङ्गमिश्रित हाँसो सहित। हेरि रहेँ । के सोधुँ ? प्रसङ्ग कसरी अगाडि बढाउँ अन्योल भैरह्यो । उनको मोवाइलमा घण्टी बज्यो । उताबाट के सोधियो ?थाहा भएन । ‘एक घण्टामा आइपुगुँला’ भन्दै मोवाइल ब्यागमा राखिन् ।
    ”यति चासो पहिले गरेको भए मनमा कति शान्ति छाउँथ्यो ।सन्तान भनेकादुई छोरी छन् । छोरीचेली खाटसम्म, छोरो घाटसम्म भन्ने उखान छ । छोरी पराई घरलाई रहेछ करे ! आफ्नै घरमा छन् ।छोरीको गृहस्थीज्वाई असलपरे,छोराकोे गृहस्थी बुहारी असल परे भन्छन् । अत्यारै लागे पुग्छु फर्कन्छु । आश्रित छैन । छोरीको घर पनि एक दुई दिनको पाहुना घर रहेछ ।ठिक ठिकै छ । बाँच्न त आफै जान्ने कुरा रहेछ । यी यी छन् भनि आशा राख्ने कुरा भ्रम रहेछन्। उमेर बढे संगै धेरै थाहा हुने रहेछ ।” जीवन देखिनै रहर मरे झैँ गरि फतफताइन्उनी ।
    ”भाइको के छ त खबर ?”
    ”को भाइ ?”
    ”तिम्रो बुढा ! श्रीमान् ...!”
    ”अझै अडकल पाउनु भएन । हुनत आजभोलि कपडा र गहनामा रोकतोक छैन ।महिला पनि अगाडि बढेका छन् । सिँउदो भरेका छैनन् ।तर लवाईखवाईमा परहेज छैन ।उनी ..छैनन्। लोग्ने पनि के भनौँ पुरुष थिए उनीपुरुष । मनले कल्पेको कर्ममा नभएपछि पुरुष लोग्ने नहुने रहेछ ।बिहे त एउटा प्रक्रिया रहेछ । असलमा मन जोडिन पर्ने रहेछ । मनमा पौडिने पो लोग्ने । मासुमा मात्र पौडिने के लोग्ने ....! रोगी रहेछन् । चालिसै नटेकी फुस्किए ।
    जग्गेमै देखेको हो । बोलीचाली भएर बिहे भएको होइन । उतिबेला के कुराकानी । बाले मुख छोडे कुरो छिनियो । घर छिरे पछि थाहा भयो रणुवा रहेछन् । कन्ये केटीलाईएक आखर सोधेनन्बाले केगरुँ?छोरी भनेर।बगरेको हातमा बाख्रो सुम्पिए झै गरे । बाको नादानीमा रिस उम्लेर आयो ।कर्महारा...अभागी सहाराबिहिन भएँ । माइती पनि टाढा भए झैँ लाग्यो । बा आमाको खाटसम्म पुग्न पनिहच्कन पर्ने भो । किन आइराख्छे ?घर खान नसकेर, भन्ने दकस लाग्न थाल्यो । बा पनि पुरुष मात्र हुन्किटान गरेँ मैले ।आमालाईके दोष ..। सात बटा सन्तान त्यसमाथि दुईबटा खेर गएका हुर्काउँदै कति बुहार्तन सहन प¥यो? पछिका भाइबैनीहरुकुकुरका छाउरा हुर्के जसरी हुर्किए ।”
    यिनको कुराले शरीरै हल्लिए झै भयो ।अरु सोध्ने आँट हरायो । पेट देखिकै सास मुखबाट निस्कियो । उनले सोधिन्—
    “दिदीको के छ त समाचार? किन एक्लै ?”
    “उनी पनि छैनिन् । कारको एक्सिडेन्टमा भगवानकी प्यारी भइन्दूई बर्ष अगाडि ।”
    उनले मेरो हात च्याप्प समातिएकटकले हेर्दै भनिन् —शैलेन्द्र !!!
    हामी केहीबेर आँखाले मुक भाषामा दुबैले एक अर्कालाई पढ्दै गयौँ । उ बेलाको सान्निध्य र वर्तमानको सान्निध्य अनुभूत गर्दै गएँ म । समर्पण भाव बढ्दै थियो ।हातको स्पर्शले मनमा कुतुहल जगाइरहेको थियो । उनलाई भने— “माईली!  म क्षमा चाहन्छु तिमीसँग । त्यस दिन त्यो व्यबहार गर्नु उचित थिएन कि? सोचेको थिएँ कतै तिमी रिसाइरहेकी छ्यौ । याद आँउछ किबिर्सियौ त्यस दिनको घटना ?”उनले अनुहारमा थोरै तर गहिरोलज्जित मुस्कान पोखिन् ।
    “कहाँ बिर्सिन सक्छुर ! दिउँसै घामपानी सहितको हिउँदे मुसलधारे वर्षा । वर्षा हट्दै गएपछि बादल च्यातेर झुल्केका डाँडामाथिका घाम । पाखाभरी ईन्द्रेणीको चन्द्राकर दृष्य ।ओडारमा एक्लै, वर्षात हराउने आशामा हामी मुखामुख गर्दै थियौँ ।मलाई अलि अलि डर थियो मनमा । यिनी बदमास भए भने मैले के गर्ने होला ? सोचिरहेकी थिएँ । गाईको बथानमा गई लुक्ने, नभए दौडेर भाग्ने । एक्कासीपोक्ची भन्दै दुबै गाला चिमोट्दै तानेर ओठ चुम्न खोज्नु भयो ।कति प्रेमिल थियो त्यो आग्रह ! प्रतिवादको बहाना खोजिनँ मैले । परख गर्दै थिएँ । खै किन हो ? दुई अमल बाँकी छँदै नरिसाउ है भनिछोड्नु भयो । ओठले नडसे पनि सासले डस्नु भयो । छातीभित्र कतै चकमकले आगो सल्के झै भयो । चौध बर्षकी किशोरी राती र ताती भएँ । म रतिगेडी झँै राती भएर काँतर भयो कि त्यो मन ?गाईका बथानको लाज मान्नु भयो कि? थाहा नै भएन । वर्षातपछि चुपचाप गाईबस्तु सँगै फर्कियौं । डिल उक्लिएपछि डहरमा पछि फर्किदै चोर आँखाले हेर्थेँ ।अघिपछि झैँ उस्तै देखिने शान्त हुनुहुन्थ्यो ।मौकाको फाईदा उठाउने देखिन ।भरोसा र सम्मानको बिज अङ्कुरायो मनमा ।त्यो मनमा के चलेको थियो ?थाहा भएन । तर, बाटो फाट्ने बेला दोबाटोमा अर्को हुन्डरी मच्चाइदिनुम माथि । कल्पना गरेकी थिइनँ मैले ।नगिजै आएर भन्नुभयो—
    “बिहे गछ्र्यौ माइली मसँग ?”
    एक पटक सन्न भएँ म ।यति सानी अबुझलाई ठुलो भारी थमाएजस्तो भयो । के बोलुँ? केही थाहा भएन मलाई । होस हराएँ झैँ भएँ म ।कलिला बिरुवाकामुना आगोको सम्पर्कले ओइलाएर बटारिएकोजस्तो भयो मन । शिरदेखि पाउसम्म हेरेँ आफैलाई । बिश्वासनै लागेन मलाई मेरो बेला भएको छ भन्ने ।मैले बोल्न सकिनँ । ओझेल नपर्दा सम्म हेर्दै हुनुहुन्थ्यो ।तपाइँ ठुलो घरको हामी, सानो घरको यति कुरासम्म बुझेकी थिएँ । आँगनको तगारो पुग्दासम्मयो मनले पत्यारै मानेन ।
    मैले कुनै प्रतिकृया देखाइनँ । चुपचाप रहे । चुपचाप रहनु पनि उत्तर हो ।तपाइँले बुझ्नु भएन कि । कि बुझ पचाउनु भयो । सोधखोजै गर्नु भएन । त्यसैले त निष्ठुरी भनेकी हुँ मैले ।
    बेलुका आमालाई एक्लै भएको मौका पारेरसुस्तरी भनेँ —‘शैलेन्द्रले त बिहे गछ्र्यौ भन्छन् म सँग !’
    आमा चिडिनु हुन्छ भन्ने लागेको थियो ।‘हाँस्दै, ए त्यसो भने’ भन्नुभयो ।“तँ गर्भमा आएको बेला नौ महिनामा टेकेकी  थिइस् कि ? कुन्नी ।पेट डम्मै थियो ।डिलको चौपारीमा पार्वती र म सँगै थियौँ ।ख्यालख्यालमै यो गर्भमा छोरी भए बुहारी बनाउछु भनेकी थिइन् पार्वतीले ।साँच्चै ! भन्दै हास्दै औँला टोकाटोक गरी कसम खाएका थियौँ । अहिले त बेलै भएको छैन । एसएलसि दिए अहिले । क्याम्पस पढेपछिबेला आँउछ । कुटुम्ब हुन् क्यारे बिहेवारी चल्छ ।देखेकोले होइन लेखेकोले पुग्छ भन्छन्छोरी ।”
    त्यो राति थाङ्नाको बिछ्यौना पनि कति आरामदायि.. कति मिठो निद्रा ! हलक्कै बढे झैं भएँ । सपनीमाआफै उडिरहेको देख्थेँ ।बिपनामा सम्झन्थेँ अनि कल्पिरहन्थे । ओहो ..कल्पनाको संसार कति रमाइलो ! कति तिलस्मी !
    हरेक रातहरु यसै गरी दोहोरिइरहे ।दिनहरुसँग होइन, रातहरुसँग हुर्किदै थिएँ म । दिनमा भड्किनु भएको तपाइँलाई राति अँगालोमा बेरेर बात मार्थेँ। तपाइँको बात पनि मै मार्थेँ । बात पनि कति लामा ...। मन तपाइँसँगै थियो ।मस्तिष्क र शरीर पनि तपाइँलाई दिएर आफ्नो बनाएकी थिएँ कल्पनामा । यी तिन्टा कुरा पाउने हकदारको वरिपरि स्वयम्बरको वरणमा झैँ घुमिरहेकी थिएँम । आमाका कुराले अझै आड दिएको थियो । कहिलेकाहीँ —लेखेकोले भन्ने कुराले भने झस्काउँथ्यो मनभरि ।
    हरेक बिहानीको घामको प्रकाशसँग खोजिरहन्थ्ये मैले तपाईलाई । कागको बोलीमाचनाखो हुन्थ्यो आँखाक्षितिज भरी।दोबाटोको उकाली बल्झिरहन्थ्यो मनभरी । जहाँ प्रश्न छाड्नु भएको थियो ।पुग्थेँ त्यही ठाउँ अनि बारम्बार उत्तर दिन्थेँे आफै । त्यो दिनपछि आजै भेटभएपछि कसरी नभनुँ निष्ठुरी ! ”
    माइलीका कुराले ज्यान फत्रक्कै गलायो । उमेरमा बिहेको कुरा चल्दा आमाले गाँउमा माइली छ नि । के कुरामा कमी छ,र ?राम्री पनि छ । पढाईमात्र बरोबर नभएको हो । त्यो पनि स्कुल पढेकी छ । भनेको याद आयो ।कुनैै कुराहरु कसैलाई जीवनमा अकाट्य ब्रह्म जस्तो हुने रहेछ । भन्नेलाई सामान्य लागे पनि अर्को पक्षले कुन भारमा लियो भन्नेमा भर पर्ने रहेछ । शब्दमा ब्रह्म भेद खुल्यो ।आमाले कसमको कुरापोल्टामै पोको पार्नु भएको रहेछ । समयले आमालाई हराएछ । थकथक लागेर आयोे ।यी कुराहरु मुटुमै गडेर आए ।स्वर्गबासी आमाको झल्कोले ढुङ्गो झैँ स्थिर भएको भान भयो । गाडी बसपार्क आएर रोकिएको रहेछ । झट्पट् मोवाइलको नम्बर साट्यौ । फोन गर्छु है ? उनले भनिन् । खुसी भावमै स्वीकृतिको टाउको हल्लाएँ । नयनले निमन्त्रण छोड्दै मधुर मुस्कान पोखिन् । 
    “ढिला हुन्छ है मलाई !” भन्दै उकालो लागिन् ।
          भोलि आमाको मुख हेर्ने दिन । चेलीबेटीहरुको आवतजावत बाक्लै थियो बाटोभरी ।केही कर्तव्य निभाउनु थियो जन्मदाताप्रति । जोमसोम जाने मन आयो । भोलि मातातिर्थ औँशी उत्तम दिन । कागबेनीमा तर्पण गरेर मुक्तिनाथ दर्शन गर्ने विचारले त्यतै लागेँ ।आफन्ती र गाँउघर फर्केर भेटे हुन्छ ।फेरि कसैलाई सुचना पनि दिएको थिइनँ ।
    बाटोभरी माइलीतिरनै गैरह्यो मन । त्यस्ती पोक्ची केटी यस्ती भएकी रहिछे । जसिुकै दुःख र पीडाले हल्लाए पनि सतिसाल झै खडा रहिछे । बोलीचाली र चालढालमा कतै खोट लाउने ठाउँ देखिन । अझैँयो उमेरमा पनि जोवनउस्तै यथावत छ । जीजिविषा जब्बर रहेछ ।मायापलाउँदै आयो ।आमाको छनौट सहि रहेछ बोध भयो ।समय घर्की सक्यो ।के प्रस्ताव राख्दा उचित हुन्छ, त?के मेरो मनमा झैँ उनको मनमा पनि यही विचार खेलेको छ त ?दुविधा भैरह्यो । तर धरातल सही छ भन्ने लाग्यो । चुडिएको डोरी छेउ जोडेर गाँठो पार्दा काम दिन्छ भने मन मिले जीवन किन चल्दैन भन्ने लाग्यो । तर पहिलेको जस्तै केटौले पाराले बोल्दाशूल पर्ने हो कि? बैधब्य जीवन ... हेपे झैं हुने हो कि?भय भैरह्यो । अर्को मनले भन्यो —यो उमेरमा पनि के को छेकवार? तर आफूनै अगाडि सर्नु हुँदैन भन्ने यात्राभरको सार रह्यो ।
    —                 —                       —                              —

    भोलिपल्ट दर्शन गरी फकर्दै गर्दा मोवाइलमामेसेजको घण्टी बज्यो ।हेर्दा माइलीको रहेछ ।
    — ‘शैलेन्द्र ! पर्सि मंगलबार दिन पनि राम्रो छ । बागलुङ कालिका भगवती दर्र्शन गर्न आउनू है । म बिहान आठ बजेतिर पुगुँला । गेटमा पर्खेर बसेकी हुने छु ।’
    ओके लेखेर रिप्लाई पठाइदिएँ ।
    शुभ संकेत लागेर आयो ।दुई दिन आफन्तीसँग बिताउँदा पनि उनको सम्झनाले तड्पाइरह्यो । बुजु्रकहरुसँग रहँदा त्यो यादले अदृश्य संकोच उब्जाइरह्यो ।
    मंगलबार दिनले बिहानै मलाई तानिहाल्यो बागलुङ कालिका भगवती मन्दिरतिर ।
    मन्दिरको गेटमा पुग्दा उनी पर्खेर बसेकी रहेछिन् । आत्मीयता साथ दुबैले एक अर्कोलाई स्वागत गर्यौँ । ओहो! कस्तो प्रफुल्लता अनुहारमा । लवाई र सामान्य मेकअपमा पनि कस्तो खुलेको ! लट्ठपार्ने खालको गमिलो सौम्यता ।
    “राम्री देखिएकी छ्यौ दुलहीजस्तै !” निस्किहाल्यो मेरो मुखबाट ।
    लाज मान्दै कोल्टे फर्केर भनिन् — “तपाइँको आँखाले त्यस्तो देखेको हो । के राम्री छु र ? छैन !हिड्नु अगाडि ढिला भैसक्यो । भीड बढी सक्यो ।”
    म नगिजै पसलमा फुलको टोकरी लिन जान थालेँ । उनले “एउटै टोकरीले पुग्छ ” भनेर फर्काइन्। कुँदेका ढुङ्गा छापेका बाटोको दायाँबायाँ रहेका मूर्तिहरुमा फूल चडाउँदै अगाडि बढ्यौँ । मन्दिर प्राङ्गणमा घण्टी बजाउँदै पङ्क्तिमा गएर लामबद्ध भयौँ । दक्षिणतर्फको ढोकाबाट प्रवेश गरीश्रद्वापूर्वक एउटै टोकरीबाट फूल चढाउँदै पूजा अर्चना गर्यौँ । बाहिर धुपबत्ती गरी नरिवल फोड्यौँ । पश्चिम ढोका अगाडि प्राङ्गणमा उनले टीका लगाइदिन लागिन् । मैले शिर अगाडि लगेँ ।
    “म अहिले देवीमातालाई साक्षी राखेरतपाइँलाई वरण गर्छु ।” यो अप्रत्यासितभनाइले म केहीबेर अकमक्क परेँ । उनको अनुहार टोलाएर हेरिरहेँ। उनी दृढ थिइन् । म चुपचाप भएको देखेर उनले भनिन् — “उत्तरदिनुहोस् न शैलेन्द्र !”
    “चुपचाप रहनु पनि उत्तर होइन र ? ”
    दुबै मन्द हाँस्योैँ । शालीन भावले टीका लगाएर शिरमा फूल राखि दिइन्उनले । मैले पनि त्यसै गरेँ । उनले ढोग गर्न खोजिन् । हात दिएँ । हातमा ढोग गर्दै उनले भनिन् — “मलाई तपाइँको संसारमा लैजानू होस् है शैलेन्द्र !”
    मैले उनको हात समाएँ । उनले पनि पकड बलियो बनाइन्। अलि अगाडि बढेर मन्दिरको गजुर समेत आउने गरी सेल्फी लियौँ । अग्ला वृक्ष,साना मठ देवालयहरु,घण्ट,सत्तल र श्रद्वालुको भीडलाई बेदीको साक्षीस्वरुप मानी कृतज्ञता अपर्ण गर्यौँ ।
    फर्कदै गर्दा केही कुरा सोधुँ है भनेँ? उनले सोध्नू भनिन् ।
    “कहाँ बस्छ्यौ ? के गछ्र्यौ?अनि के नामले बोलाउँ तिमीलाई ?”
    “गैँडाकोटमा सानो घरवास छ । देवघाट आउजाउ गर्छु । सत्संगमा समय बिताउँछु। पुराना नामले धेरै हण्डर खाएँ ।कसैले पुकार्दा पनि चिडचिड लाग्छ । नामले के गर्छ र भन्ने लाग्थ्यो । होइन रहेछ । अब नयाँ नाम देउहै मलाई ।”
    एकछिन विचार गरिरहेँ । 
    “देवीको कृपा र आमाको आर्शिवाद हौ । कैवल्य यात्रामा रहिछ्यौ ।मलाई पनि सामेल गर । म तिमीलाई कल्याणी भनूँ ?”
    उनलाई मन परेछ खुसी भईन् ?मेरो ध्यान मोड्दै भनिन् “माईतको आमालाई गाडीमा भेट भएको सबै कुरा भनेँ । चेलीको आँसुले पिर्ने रहेछ । कति पश्चातापमा हामी बाँच्ने आँट गर छोरी..। आफ्नो संसार आफै बना,आफै बाँच् भन्नु भो । अब त जोडी पनि भइयो । हामी तिर्थाटन गरुँ है ? एक्लै जाँदा पुण्य पाइदैन रे ।तपाइँलाई पर्खेर बस्नु परेको रहेछ । त्यसैले साथीसँगीहरु जाँदा पनि सँगै जाने इच्छा कत्ति भएनमनमा पहिले ।” 
    मेरो स्वीकृति भावले उनी दंग परिन्।
    चिया पिउँदै गर्दा भने — “कल्याणी ! यो संसारमा महिलाहरुले नजानेको कुरा एउटै छ ।महिलाहरुचाहेको कुरा पाउन झगडा र हठगर्छन् । यदि मन जितेर माग गरेमा सबै कुरा पाँउछन् । भरिपूर्ण हुन्छन् । त्यसको लागि पुरुष कसैको घरमा दास बस्न पनि तयार हुन्छ।”
    उनी “हँसाउनु भो ..” भन्दै खित्का छोडेर हाँसिरहिन् । यस्तो हाँसो पहिलो पटक देखेँ । मेरो पनि हाँसो फुत्कियो । उनको हाँसोमा जीवन दर्शनको बोध नियालिरहेँ ।
    दिनभरी लामो झोलुङ्गे पुल र बजार घुमेर बित्यो । बागलुङ बजार पनि घेरै फेरिएछ ।बाक्लै भएछ बस्ती । राता ईट्टाका पुराना घर दुई चार बटा देखियो ।पुराना स्थानहरु स्मृतिमा आँउदै जादै गर्न थाले । बेलुकाहोटलको कोठामा उनले गहनाको पोका फुकाउँदै भनिन् —“मलाई यी गहना चाहिँदैन भनेको, धेरै किनीदिनु भयो ।तपाईनै हो मेरो गहना” भन्दै उनी अँगालोमा आइन् । 
    “दस्तुर लाग्छ रे ! दस्तुर तिरेको हो ।”
    मैले आमाको कसमको मान राखे है कल्याणी !” भनेर गहिरोसंग उनका ओँठमा चुमीरहेँ । 
    उनले मलाई छुटाउँदै भनिन् “हेर्नु न, शैलेन्द्र ! कस्तो अभागी जीवन मेरो ..। दुबै पटक रणुवा पोइ लेखेको रहेछ । कन्ये केटा भाग्यमै रहेनछ ।”
    ओछ्यानमाथि हाँसोको फोहरा छुट्यो ।त्यही हाँसोको खोल ओडेर निकैबेर पग्लियौँ...ंपग्लिरह्यौँ । मोडियौँ...मोडिरह्यौँ । भोका जन्तु एक अर्कालाई लुछिरह्यौँ । अतिवृष्टिमा निथ्रुक्क भिजेर बग्दैबग्दै कतै हराइरह्याँै । अलौकिक संसार..दिव्य संसार.!!
    —           —                —                    —
    ढोकामा ढ्याक ढ्याकको ध्वनिले निद्रा बिउँझाइदियो । म जागेको संकेत बुझेरछोराले भन्यो ।
    “ड्याडी ढिला भै सक्यो एएरपोर्ट पुग्नलाई । मोवाइल पनि म्यूट रहेछ कि क्या हो ? कल हेर्नु त कति छ ?”
    ओहो ! कस्तो सपना देखिएछ ? शरिर गलेर फत्रक्कै । एक मन त फ्लाइट मिस गरी सुतौं झै भएँ । तर संभव थिएन । नेपाल जाने एयर इन्डियाको प्लेन भेट्नु थियो ।सिंगल टिकटट्रान्जिटमा कतै लगेज टेन्सन नहुने । झटपट उठी ट्यावेल तानेर एट्याच वासरुम पसे । स्वप्नदोष भएको रहेछ । दिगमिग लागेर आयो ।फ्रेस भै कोठामा पस्दा भित्तोमा टाँगिएको श्रीमतीको फोटोमा आँखा परे । उज्यालो र हाँसेजस्तो लाग्यो । मेरो मनको कुरा थाहा पाएर व्यबहारगर्थिन् । यो मनको चोरचाल थाहा पाए झैँ लाग्यो । मनमनै सरी भन्दै आशिर्वाद मागेँ ।ग्राउण्डमा छोराबुहारीले सबै लगेज राखी गाडी स्टार्ट गरिसकेका थिए । ह्याण्ड ब्याग लिदै गाडीभित्र बसेँ ।
    छोरोले — “लेट भयो ड्याडी भन्दै” गाडी अगाडी बढायो । “तपाईलाई मामको पीर नगर्नू । बितेको कुरा बिर्सिनू । मनमा नखेलाउनू ।धेरै पटक भनियो । डिप्रेसनले छोएको शंका जस्तो छ ।कि?क्लोज फ्रेण्ड बनाउनु ड्र्याडीकतै ।बरुबिहे गर्नु ड्याडी त्यही बाहनामा हामी पनि नेपाल आउने छौ ।” बुहारीले पनि हो मा हो मिलाइन् ।
    बोर्डिङ पास स्क्यान गरी अगाडि बढ्दै जाँदा रातिको सपनाले दिमाग फेरि गिजोल्न थाल्यो ।सपनिमाकेही छुटेछ जस्तो लाग्यो ।याद गर्दै गएँ । माइली सँग गाँउँदै नाच्दै गरेको बालगीत छुटेछ ।
    घामपानी घामपानी स्यालको बिहे........।

     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend