नियात्रा

मोहरेको काँधमा

मोहरेको काँधमा

भुइँ पाटी
मंगलवार, चैत्र ३ २०८२
  •                           -रामचन्द्र आचार्य (आर.सी.)

    यो दृष्य केवल प्रकृतीले नै कोर्न सक्छ । मान्छेमा कहाँ हुनु सामर्थ ?दृष्यपानले धित मरेको छैन । पाईला चाल्नु छ अगाडीलट्ठीको सहाराले । हिमालहरु निमेषभरमा देखिन्छन फेरी पहाडबाटनै ढाकिन्छन ।केटाकेटीहरु दाँईको परालमा लुकामारी खेलेझैँ भएको छ प्रकृती सँग । हे प्रभु !



    तेज प्रसाद जी ले फोनमा भन्नुभयो “ कहिले आउनु हुन्छ धाईरिङ्घ तिर ?तपाईको नाममा तीन बटा स्कूल लेखापरिक्षणको लागि तोकिएको छ ।”
    फोनमै उहाँले धाईरिङको कृष्ण भवन धर्म मा वि,ज्योती आधारभूत र सरस्वती आधारभूतकोनाम मपनि भन्नु भयो ।
    जलजला वडा नं ७धाईरिङको भ्रमण गर्ने मेरो उत्कृष्ट इच्छा पहिले देखिनै थियो ।तर परिपाठ मिल्न सकेको थिएन ।

    image002.jpg

    छत्तिस साल तिर छिमेकी काकाको विहेमा जन्ती भएर धारापानी बराय भन्ने ठाउमा गएको थिएँ । छयालिस बर्ष पछि त्यही ठाउमा जाने हुँदा उत्सुकता र रोमाञ्चक पनि थिँए म । चौध पन्ध्र बर्षको उमेरमा सहपाठी नारायण आचार्य र यामनाथ पौडेल पनि सँगै थिए जन्तीमा । कतै बाट मिलेको पैन्ट लगाएको थिएँ मैले । प्राय सबैले जाँङ्गे लगाउथे । बुढाहरु प्रायकछाडमा र कोही कोही लवेदा सुरवालमा थिए । कम्मर नमिलेको पैन्टमलाई असजिलो भैरहेको थियो । लुङ्दी कटे पछि बाटो उकालो नै उकालो।सहपाठीहरुले “ पैन्ट लगाउनेलाई के को थकाई ? भनि जिस्की रहन्थे ।नौ बर्षमै ब्रतवन्ध गरेको म । धोती फेरेर भतेर पसेको ।लेकको ठाँउ चुरो नमरेको दाल भात । माघ महिनाको मुटु कपाउने जाडो ।जाडोले लगलग कपाएर जग्गेमा आएको । जग्गेको आगोको राप र तापमा रात कटाएको । नव दुलहीले जग्गेमै भट्याउँदै रोएको दृष्य मेरो मानस पटलमा अझै सम्म घुमिरहेको थियो ।

    image007.jpg
    उहाँलाई स्कुलको लेखापालको फोन नम्वर उपलब्ध गराईदिन आग्रह गरी उपयूक्त समयमा आउने जवाफ दिएँ । आधारभूत स्कुलको रेकर्ड पठाईदिन भनेँ । कृष्ण भवन स्कुलको एकाउन्टेट बिमल जी सहयोगी हुनु हुँदो रहेछ । रेकर्ड सबै मेल गर्नु भयो । डाटा प्रोसेसिङ गर्न हफ्ता दिन जती लाग्यो । आखिरमा कार्तिकको १ गते त्यता जाने दिन जु¥यो । यस पटक ठूलो मामाको छोरी उमादेवीदिदि सँग र कान्छो मामाको छोरी मना बैनी सँग जसरी पनि भेटिने मनले प्रण गर्यो ।
    पोखराबाट हिँड्दानै मैले यो पटक कालञ्जरको यज्ञ भएको ठाउँ घुमाउछु भनेको थिएँ सि ए अनिल लामिछाने सरलाई । उहाँको फर्ममा म पनि सँलग्न छु । बाहिर फेरको काममा सँगसँगै हुन्छौ हामी । उहाँले कोखे डाँडा पुग्ने है भन्नु भयो । गाडीमा यस्तै छलफल गर्दै गर्दा निष्कर्षमा जता भएपनि सहासी पदयात्रा गर्ने तय भयो ।

    image009.jpg
    गाडी मालढुङ्गा पुगे पछि उहाँले शंंका गर्नु भयो ।ई भी गाडी,कम उचाईको टायर जान सक्दैन की ? भन्ने भयो । जहाँ जे पर्ला त्यहाँ त्यस्तै उपाय गरौंला भन्दै बेनीको बाटो लाग्यौं । फर्सेमा अलि समस्या भयो तर कट्यौँ ।मिलनचोकमा शुरक्षित स्थानमा गाडी पार्किङ्ग गरी जीपको खोजीमा लाग्यौँ ।धाईरिङ जाने जीप बिहानै गई सकेका रहेछन । अनिल जी हिँडेर जाउँ भन्दै कस्सिनु भयो । सकिदैन भनि रोकेँ । म जन्त जाँदानै उकालो देखेर तर्सेको थिँए । जीपको प्रयास गरियो । होटल साहुनीले पनि गाडीको खोज खवर गरीदिनु भयो ।तर गाँउपालिका अध्यक्ष राजु आचार्यले पारी बेनी जीप छ । सिटभनिदिएको छु भन्नु भएको थियो ।एक घन्टा पछि एउटा जीप आयो ।खाना खाएको फ्रेन्डली होटल अगाडीनै जीप पार्किङ गर्यो ।उहाँहरु प्रति आभार त थियौँ नै तर गाडीमा सिट रहेन्छ । पछाडीको भागमा कोचाकोच गर्दै घच्चममच्चम तालले बसियो ।जीप अगाडी बढ्यो । उकालो बाटो रामनाम भरोसा सल्यानको गाँउ आईपुगेछ । एकजना महिला यात्री ओर्लनु भयो । बसाई अलि सहज भयो । जव गाडीले भिर पैरोको बाटो लियो । मन अलि आत्तियो । साँगुरो धुले बाटो । अर्को गाडी आईहाले साईड दिने ठाउ छैन । पैरोको बाटो कटे पछि यो बाटोको बिकल्प चाहिन्छ,भनेर गुरुजीलाइ भनेँ । 

    image008.jpg
    उनले “ कुरा चलेको छ ,काम भएको छैन ।” भनि छोटो उत्तर दिए ।
    गन्तब्य आईसकेको रहेछ । स्कुल मुनिको बाटोमा झरेर उकालो लाग्यौँ ।यो ठाउँलाई किराखोर भनिदो रहेछ । पहिले बाघ चितुवा गाँउ पस्यो र घरबस्तीलाई दुःख दियो भने समाउनको लागि खोर बनाएको ठाउँ रहेछ । पर्वत बागलुङ म्याग्दीका डाँडाकाँडाका दृष्य मनोहर रमणिय देखिए । बागलुङ र मालढुङ्गाबाट बेनी बजार जाने नागबेली मोटरबाटो, बेनीको बजार, अर्थुङ्ेकोदम्साईलो धरातल र काफलबोट मामाघर समेत देखियो ।फोटो पनि लियौँ ।स्कुलको प्राङण नपुग्दै लेखापरिक्षणको काम आजै सक्ने,दिदी बैनीको घरमा पुग्ने,किशोरवयमा जन्त आएको ठाँउहेर्ने र सालिजा पुगेर बास बस्ने मनले योजना बनायो ।

    image013.jpg
    सोचे जस्तो कहाँ हुन्छ ,र ?
    छिटो छिटो गर्दा पनि स्कुलको कामले पाँच बजायो ।  बिमल जीले लेखा ब्यबस्थित राख्नु भएको रहेछ । पोखरामा सबै डाटा तानेरहफ्ता दिन काम गर्दा पनि निरिक्षणमा समय लाग्यो । दिदीको घर पुग्दा गोधुली साँझको बेला थियो । दिदीको आँगन भाईको पाईला ,केही निमेष मौन रुपमा माया साटासाट  गरियो ।क्षेमकुशल भयो । भुटेका मकै भटमास र मोही पस्कनु भयो । त्यतीनै बेला भिनाजु भैसी गोठबाट दुध दुएर ठेकी हल्लाउदै आउनु भयो ।केहीबेर दिदीकोमा रहेर बाँकी काम सक्न फर्कियौं । खाली हात दिदीको घर जाँदा— मनमा खसखस भैरह्यो ।

    image015.jpg
    बिमलजी लाई होटल भए बासको ब्यबस्था होटल तिरनै गर्ने भनेको आफ्नै घरमा गर्नु भएको रहेछ ।मिठो आत्मियता र आथित्यताले मनलाई उमङ्ग बनाई रह्यो । सकल परिवार प्रति आभारभाव राख्दै बिहानै कालाञ्जर पर्वत तर्फ पाईला बढायौँ ।

    image010.jpg
     मोटरबाटो हुँदै बिस्तारै अगाडी बढ्दै गयौँ ।बाटोमा जलजला गाँउपालिकाका प्रमुख राजु आचार्य सँग भेट भयो । उहाँ त्यहीँ ठाउँको बासिन्दाहुनुहँुदो रहेछ । मोटरबाटो सिँचाई आयोजनाको बारेमा केही समय भलाकुसारी गरी उहाँ आफ्नै गन्तब्य लाग्नु भयो ।माझफाँटको गौँडाको डिल र फट्केढुङ्गाको डोवेको माईथान मन्दिरबाट धाईरिङ्ग तिर हेर्दा पानीको छहरा खसेको देखिन्थ्यो । २०३० ÷३५ साल तिरनै सिँचाई आयोजना भएको हुनु पर्छ । गुन्टेखेत,सल्यान,धारापानी र बास्कोटमा सिँचाई भएको जलजला वडा नं ७ भाग्यमानी गाँउ लागेर आयो । त्यसैले बेनी सदरमुकाममा तरकारीआपुर्र्तीमा ठुलो हिस्सा रहेको रहेछ । अगाडी बढ्दै जादाँ गाउँको सिरानतिर रुक्मीस्वाँरामा मना बैनीको घर रहेछ ।बैनी जुवाँई भान्जा सँग भलाकुसारी भयो ।कुराकानी गर्दै चिया पिएर उकालो लाग्यौँ ।लक्ष्य तय भैसकेकोले बैनीको आग्रहलाई नकार्न पर्यो । भातभान्सालाई कुर्न लागिएन । चिया पिएर उकालो लाग्याँै । जुवाँई साहेव कृष्ण भवन स्कुलको लामो समय हेडमाष्टर र हाल बहालवाला टिचर हुनुहुँदो रहेछ ।गाउँघर धान काट्ने,कोदो टिप्ने र गहुँ छर्ने काममा ब्यस्त देखियो ।सिँचाई योजना चालुनै रहेछ । कुलोमापानी खेतवारी घर नगिजधारापानी राम्रो रहेछ । चेलीहरुको घरवास देखेर खुसी लाग्यो  । केटाकेटीमा जन्त आएको स्थान बराय थाप्लो तिर रहेछ । लोकेसन थाहा भयो तर जान सकिएन ।बिगतको सकसक मेटियो । समयको कमीलेधाईरिङ्ग बराह र भुमे ठाकुरको दर्शन र नमन टाडैबाट गरी अगाडी बढ्यौँ । कुलोको बाटो नछोडी जाने भनि बाटो देखाउँदै बिमल जी रजुवाँई साहेवले हामीलाई बिदा गर्नु भयो । हामीले उहाँलाई पोखरा आउँदा भेट्ने बचन दियौँ ।

    image012.jpg
    अगाडी बढ्दै जाँदा कलाईचे भन्ने ठाउँ आयो । यहाँ दलित बस्ती रहेछ । हिँड्दै जादाँ माथिल्ला भागमा केहीे घर देखिए । निमेकी भन्ने यो ठाउँमा मगरहरुको बस्ती रहेछ । त्यसभन्दा अगाडी कुनै घरगोठ भेटिएन । जङ्गलै जङ्गल ,कुलोको बिटको बाटो, पानीको कलकल ध्वनी प्रकृती सँग समाहित भैmँ लागिरह्यो । बिहानी बेला मान्छे ढाक्ने झाडी,शरिर निर्थुक्क बनाउने शीत र जुकाको टोकाई सहँदै खोलाको सिरानमै पुगियो । हामी पुगेको लुङ्दी खोलाको सिरान रहेछ । मार्केण्ड खोलाको पानी लुङ्दी खोलामा मिसिने रहेछ ।  सिँचाई कुलाको च्याम्बर कटेर अगाडी बढियो । उकालो शुरु भएपछि नाङ्गो चौपारी भेटियो । बिसाई फेर्दै आएको बाटो हेर्दा धारापानी धेरै तल देखियो । बनका हिंस्रक जन्तु कसो भेटिएन भन्ने लाग्यो । यहाँ सम्म धाईरिङको सिमाना र अव चड्ने सिमाना सालिजा गाँउको हुनु पर्दछ भन्ने लाग्यो ।
    image017.jpg
    ठाडै उकालो तारेको चौर पुग्ने बाटो केही हिडे पछि अगाडी पहिरो गएको भाग आयो । बाटो केही पनि छैन । अगाडी हुनुभएको अनिल सरले टक्क रोकिएर भन्नु भयो —“ बर्वाद भयो सर ! बाटो छैन । कसरी जाने ?” दुबैले नियालेर हेरियो ।ं केही दिन पहिले पहिरो गएको रहेछ । मान्छे हिँडेको डोव पनि देखिएन । दुवैले —एडभेन्चर पदयात्रा —भन्दै लट्ठीको सहारामा पैतला टेक्ने ठाउँ बनाउदै अगाडी बढ्यौँ । पहिरो छिचोल्ने ठाउँमा अजङ्गको रुख पल्टिएर सुतेको छ । न तल बाट जान सकिन्छ! न चडेर माथि बाट जान सकिन्छ !धेरै बेर अडिन पनि नमिल्ने । माथि बाट ढुङ्गा पल्टिएर लाग्ने खतरा । अनिल जी माथिबाट जानु भयो । म भनेँ टाँड परेको भागबाट घ्रिसेर पार गरेँ । आधा घण्टाको उकालो हिँडाई पछि एउटा घरमा पुगियो ।आँगनको अगाडी किवीको बोट फैलिएको थियो ।दुईचारवटा दुब्ला पातला गाईबस्तु गोठमा देखिए । चालिसे उमेरका सज्जनलाई मैले सोधेँ “ बिस बर्ष अगाडी म यस ठाउँमा आँउदा जुका अत्यधिक थिए । अहिले देखिएन नी ?”
    उनले भने “ जुका त हराय पो । ” 

    image016.jpg
    २०६३ सालतिर म कृषि बिकास बैँक कुश्मा हुँदा अफिसियल कामले कृष्ण शर्मा र म तारे हुदै लेखफाँट आउदा बाटो भरी जुका । रुखबाट खसेर टाउकोमा झरेका जुका टिपेर फाल्नको हैरान भएको थियो ।ग्लोवल वार्मिङ्गकोकारणले होला आजभोलि लेक पनि बँेसी झै भैसके जस्तो लाग्यो । बिहानको एघार बजिसकेको थियो उनै सज्जनलाई अनिलजीले सोध्नुभयो— “ खाना खान पाईँदैन कतै ?”
    उनले चोर औँलाले माथी देखाउँदै —“ उ ! तिन चारवटा झपक्कै रुख भएको ठाउँमा निलो घर देख्यौ ?त्यो होटल हो । त्यहाँ पाईन्छ । यता त पाईदैन ।” भने
    होटलै भने पछि खुसी लाग्यो । हेर्दै पुग्न एकघण्टा लाग्ने देखिन्छ । थकाई र भोकले चुर बनाएको छ । कम उमेरले होला ,अनिल जीले फटाफट पाइला चाल्नु भयो । मेरो भनेँ जुवामा नारेको बुढोगोरुको चालझैँ भयो ।

    image018.jpg
    होटल पुगियो । सफा चिटीक्कै रहेछ । त्यहाँ नागी घर भएका देबेन्द्र पुन भेटिए । शिक्षा मन्त्री महाविर पुनका दौँतरी रहेछन ।देवेन्द्र पुन लगायत सँग समसामयिक गफगाफ भयो । 

    image004.jpg
     
    खाना खाईवरी बिश्राम लिएर एक जना बाटो देखाउने गरी स्थानिय प्रकाश मगर भाईलाई लिएर उकालो लाग्यौँ । पुर्व तर्फको तेर्पाएँ बाटोको दिशा लिएर बन बनै हिँडियो । थाकेको बेला बाटो लामो हो की ? थकाईको कारण हो ! केही भेउ पाईएन । निकै बेर पछि ढुङ्गा छपाएको राम्रो ट्रेकिङ रुट भेटियो । ढुङ्गाको छपनी भएको चौतारीमा चारहात खुट्टा फालेर सुस्ताईयो । यो बाटो लेस्पार हुदै आउने रहेछ । नगिज पानीको धारा रहेछ । तल पट्टी पानी आए ओत लाग्ने ठाँटी रहेछ । चौपारीको पश्चिम भागमा चारकुने चौको । चौकामा राता पहेँला सेता धजा बानिएको छ । मनले यो देउराली रहेछ भन्ने लाग्यो । कण ःकणमा ढुङ्गा ःढुङ्गामा देउताको बास भएको यो धर्तीमा देउराली माईलाई मनमनै नमन गरेँ । यहाँ सम्म पु¥याउने भाई फर्कने भए । उनलाई केही सय रुपैया दिन खोज्यौँ तथापी उनले लिन मानेनन्।तपाईहरु हाम्रोे गाउँमा यसरी घुम्न आँउदा केही अप्ठ्यारो नपरोस भनि आफ्नै सम्झी सहयोग गरेको हुँ भने ।हामिले बाटामा खान भनि लगेको केहि चकलेट प्रफुल्ल भईहातमै थमायौँ ।धन्यवाद दियौँ ।

    image011.jpg
    ढुङ्गे सिढीँको उकालो पनि धेरै रहेछ । एक ठाउँमा संकेत बोर्ड थियो । एक मिनेट बिश्राम लियौँ । बढी समय खर्चिने भनेको मोहरेडाँडा पुग्ने समय बर्वाद गर्नु थियो । यो चौरस्ता थियो । पुर्व उत्तर तर्फ मोहरेडाडा ,जलजला र सिर्पु पश्चिम उत्तरतर्फ नाँगी थियो । दक्षिण तर्फ लेस्पार भिलेज संकेत थियो ।पश्चिम तर्फ देउराली हलजुरे र दुर्लुङकोटको संकेत थियो । मलाई अझै जलजला आई नपुगेकोमा दिक्क लागेको थियो । 

    image005.jpg
    “ छिटो हिड्नु सर । कोखे गएर बस्ने हो । नभए मोहरे बसौला । रात पर्ने भयो ।” यस्तै भन्दै अताई रहनु भएको थियो । हिँड्दै जाँदा जलजला आयो की ?भनेको सिर्पु रहेछ । मैदानी भाग उत्तर तिर जिर्णोद्वार गर्नु पर्ने अबस्थाका ठाँटी रहेछन । बिसाई फेर्र्दै फोटो लियौँ । यहाँ सिद्वहस्त फुतुङ्गे महाराज र दण्डीस्वामी महाराजले तप साधना गरेको स्थान रहेछ । यस्तो निर्जन बनमा कसरी बस्न सकेका होलान भन्ने लाग्यो । दिन ढल्किदै गएको थियो । अझै उकालो धेरै थियो । थुम्काथुम्की छिचोल्दै गए पछि जलजलाको सिमसार देखियो । छातीमा सहास बढेर आयो । पैतालामा बल आयो ।
    जलजलाको निलकण्ठ मन्दिर को पारिपट्टी यात्रु बिश्राम स्थल र चियापानीको लागि होटल जस्तै घर रहेछ । हम्पाल यज्ञस्थली आँउदा यहाँ एकपटक आएको थिएँ । अगाडीको यात्रा मेरो लागि नितान्त नौलो थियो । त्यहाँ एक गिलास तातोपानी सँग दिदीले पोको पारिदिनुभएको मकै भटमास टोक्दै“ मोहरे पुग्न कति समय लाग्छ? भनेर सोधेँ ।उनले “तपाईलाई चार घण्टा जती लाग्ला ! ” भने । म झसङ्ग भए जस्तो भएँ ।एकैदिन१३÷१४ घण्टाको पैदल यात्रा ।बर्ष दिनको हिँडाई हुने भयो जस्तो लाग्यो । दिनको चार बज्न थालिसकेको छ । शरिर त्यही कुर्सीमा पल्टिउँ झै भैरहेको छ । “जाउँ सर !भन्दै यो खजुरले केहिशक्ति आँउछ लिनुस” भन्दै अनिल सर अगाडी लाग्नु भयो ।
    image003.jpg
    म पछ्याउँदै गएँ ।आधा घण्टा तेर्पाएँ बाटो हिँडे पछि उकालो शुरु भयो । मान्छे ढाक्ने घाँस छ । डोरेसो बाटो छ ।भोकले शरिर क्लान्त छ । बस्दै हिँड्दै,हिँड्दै बस्दै धिमेडाडा पुगियो । पछाडी फर्केर हेर्दा ठुलो पहाडै उक्लिएको रहेछौंँ ।३०६८ मिटरको यो क्षेत्रबाट नजर लगाउँदा अलौकिक ठाउँको भ्रमण गरेझै भयो । परिवेश शुन्य छ । बायु पनि हराए जस्तो नीरवता छ । जलजलाको सिमसार क्षेत्र थोरै जस्तो लाग्दथ्यो । अथाह रहेछ र लुङ्दी लस्ती पुङ्गदी र पार्वती खोलाको जलाधारको श्रोत भएको रहेछ । उतुङ्ग हरिया पहाडहरु । अग्ला बनस्पतिहरुले पहाडको उचाईलाई नै अग्लाएको छ । पुर्व दक्षिण पश्चिमकापहाडहरु पानीको छाल झैँ लमतन्न देखिन्छन ।कालन्जर पर्वतमालालाई सुमेरु माने झैँ ।बनस्पतीनै थरीथरीका त्यसै माथि अस्त हुन लागेका सुर्यको लालिमा ।पहाडहरु पनि फरक फरक रङका देखिन्छन । यो दृष्य केवल प्रकृतीले नै कोर्न सक्छ । मान्छेमा कहाँ हुनु सामर्थ ?दृष्यपानले धित मरेको छैन । पाईला चाल्नु छ अगाडीलट्ठीको सहाराले । हिमालहरु निमेषभरमा देखिन्छन फेरी पहाडबाटनै ढाकिन्छन ।केटाकेटीहरु दाँईको परालमा लुकामारी खेलेझैँ भएको छ प्रकृती सँग । हे प्रभु !
    अलि अगाडी बोर्ड झुण्डाएको एउटा झाप्रो देखियो । आशाको संचार जाग्यो । चाउचाउ भएपनि खाने हो ! नगिजै पुग्दा ढोकामा ताल्चा लागेको रहेछ । आवाज दिएको जवाफ आएन ।
      
     अग्ला पहाडहरुको पैदल यात्रा घरी तल घरी माथि हुने । माथि माथि भए हुने जस्तो मनले गर्यो । फर्कदा त उक्लन पर्दैन । यात्रा अविरल छ । बेला बेला अनिल सरले —ठिकै छ नी सर ! भन्दै ढाडस दिई रहनु भएको छ  । बाटोमा एउटा अर्को बोर्ड देखियो । राक्से खर्क ३१६८ मिटर...। अझै एक घण्टा बढी समय लाग्ने देखियो । सुर्यको लालिमा हराउँदै छ । साँझको सात बज्न लागि सक्यो उज्यालो छ नाङ्गा पहाडहरुमा । तर जङ्गलको मार्ग अध्यारो भैसक्यो ।जङ्गल पातलिदै गयो । सुकेको घाँसको पहाड शुरु हुन थाले । धेरै पर डाँडाको टुप्पोमा रङ्गिन जस्तापाताको घर देखिए । मोहरे आयो भन्ने खुसी लाग्यो । अझै पर रङ्गी विरङ्गी ध्वजापताका फरफराएको अर्को डाडो देखियो । कोखे रहेछ । तनमा उर्जा बढेर आयो । कोखे डाडा पर्वत जिल्ला र मोहरे म्याग्दी जिल्लामा पर्ने रहेछ । म बिस्तारै हिँडे अनिल सर सुर्यअस्तको दृष्य क्यामरामा कैद गर्न रकोठा बुक गर्न जाँगर चलाइ अगाडी लाग्नु भयो ।
    मोहरे आईन्छ भन्ने लागेको थिएन हिजो । बाटोमा बनेको योजना थियो ।म विनसिटरमा थिएँ । जाडोले कपाउन थाल्यो । मोहरेको ३३१३ मिटरको उचाईको काँधमा टेक्दा हावा सरसर बगेको  थियो ।केही बिदेशी पाहुनाहरु उभिएरै हिमाल हेर्दै आपसमा बात गरिरहेका थिए ।हिमाल एक जनाले हेरे पनि लाख जनाले हेरे पनि पग्लने होईन । यो त अविनासी प्राकृतिक सम्पदा हो, अमुल्यपर्यटनको श्रोत हो । नेपाली हुनमा गर्व लागेर आयो ।
     
    मैले बोर्डमा पढिरहेको थिएँ.—मोहरेडाडा कम्युनिटी लज एण्ड रेष्टुरेन्ट अन्नपुर्ण गाउपालिका ८ नाँगी म्याग्दी । अनिल सर बाहिर आएर भन्नुभयो —“कोठा बुक भयो सर ।तल्लो पट्टीको घरको १९ नम्बर । प्रति ब्यक्ती खाना र बास बसेको पन्ध्र सय रहेछ । झोला राखौँ ।”कम्युनिटीले चलाएको यो लजको क्षमता सयजना भन्दा बढीलाई आथित्यता दिन सक्ने रहेछ । अरु लजको बिकल्प शुन्य रहेछ । यहाँ बाट पुर्व तर्फ पर्नेे पर्बत जिल्लाको सबैभन्दा अग्लो ३३०३ मि को कोखे डाँडा पुग्नअझै आधा घण्टा जती समय लाग्ने देखियो । थकित अवस्थाले तेता पाइला चाल्न सकिएन ।
    सन्ध्याकाल पछिकोे समय पुर्व तर्फबाट हिम श्रङ्खला नजर लगाउदै गएँ । मनास्लु माछापुच्छ्रे निलगिरी अन्नपुर्ण हिउचुली धवलागिरी गुर्जा सिस्ने आदि१८० डिग्रीमा दृश्यालोकन गर्न सकिने रहेछ । आकासको निलो रङ पछ्यौरी झै ओडेरध्यानमुद्रामा बसे झैँ देखिएका छन । गम्भिर र रहस्यमयी । दिनमा सुर्यको प्रकासले सेता चम्किला देखिने स्वेत चुलीहरु बिहान बेलुका आकाशनै ओड्ने रहेछन् । रातको १२ बजे पनि उठेरचुलीहरुको नजर लगाएँ । जुनको प्रकासमा जुनकिरी झैँ प्रकासमय देखिए । लज्जा छोप्न हो की ? कतै कतै बादलुका धब्बाहरु छन ।दृष्य सम्मोहित थियो अवर्णनिय। भिन्दै संसार आए जस्तै ।
     

    धवलागिरी र अन्नपुर्ण दुबै रेन्जलाई एकै साथ हेर्न सकिने रहेछ । माछापुच्छे«को कुमारी आकार प्रष्ट देखिने रहेछ । बच्चा कालमा आमाको बुई चडेर देखिरहेकोधवलागिरी यती बिशाल र आकर्षक देखियो,मन गर्वले फुलेर आयो ।सिस्ने गुर्जा धवलागिरी सँगमनमनै बात गर्न मन लाग्यो ।माझफाँट घरको आँगनबाट हरेक दिन तिम्रो दर्शन गरेको छु । दर्शनमै हाँसेको छु । उर्जा लिएको छु । प्रेरणा पाएको छु ।आमाले तेते लगाएको उमेर देखि तिमी सँग प्रेम छ मेरो । आभारी छु तिमी प्रति म ।
    बिहानै सुर्योदय पुर्व अरुणोदय कालमा उठेर नजर घुमाएँ । हिजो भन्दा आज अझै चम्किला भएको भान भयो । बिस्तारै अरु यात्रीहरु पनिथपिदै गए । प्राय ः सबैले क्यामरामा दृष्य कैेद गर्न थाले । पुर्वतिर बिस्तारै लालिमा फैलिदै आयो । हिमालका पत्रहरु र खोँच अझ प्रष्ट देखिए ।तलतिर कुहिरोको सागर छ । माथी लामा र सेताहिम श्रङ्खला कुहिरो माथि बसेझै लाग्ने रहेछ ।सुर्योदय पुर्वको हिमालको निलिमा कैद गर्न बिदेशी पर्यटक रुची लिने र खुसी हुने रहेछन । तिहारको सप्तरङ्गी टिका झैँ पहिले धौलागिरी क्रमश अन्नपुर्ण, माछापुछे« हुदै अरु चुलीहरुमा सुर्यको प्रकाशले स्पर्श गर्यो ।  चुलीहरु सुनौलो टिका लगाएझैँ भए ।शनैःशनैःहिमालहरु सुनौलो हुदै आए । सुर्यको अर्ध उदय सँगसँगै पुर्वतर्फको लालिमाको घेरा पनि हराउँदै गयो । अर्धब्यास घेरा पातलिदै जाने क्रममा हिमालले पनि सुनौलो रङ्ग छोड्दै स्वेत रङ्ग धारण गर्न थाले ।यो दृष्य जादुमयी र मनमोहक थियो ।
    मोहरेडाडा आउन नयाँपुल बनठाँटी हुदै पनि सकिने रहेछ । कुश्मा बागलुङ बाट आउँदा दुर्लुङ बनौ हलजुरे लेस्पार हुदै पनि पदयात्रा रुट रहेछ । गलेश्वर बासखर्क डाडाकटेरी नागी रुट स्थानिय मगर समुदायको संस्कृती थाहा पाउन सकिनेपर्या पर्यटन अझै उपयूक्त देखियो । थोरै हिँडेर पुग्छु भन्नेले बेनीबाट जीपमा माझफाँट,लेखफाँट हुदै जलजला सम्म आएर त्यहाँबाट पदयात्रा गर्दा पनि हुन्छ ।पुनहिल बाट करवाकेली हुदै आउने पनि मार्ग रहेछ । एकाध घण्टामा पुगिने थाहा हुन आयो ।
    आथित्यताको लागि धन्यबाद दिदै आठ बजे तिर होटलबाट चेक आउट भयौँ । बिस्तारैमोहरेको काँधबाट झर्न थाल्यौँ । एकपटक मोहरेलाई बाई बाई गरौँ झँै भयो । पाईला फर्काएँ । पुर्वतिरको क्षितिजमा प्रष्ट संग फेवाताल र लेकसाईड बजार देखियो ।अचम्मै लाग्यो । किन बिहान सम्म हाम्रो नजर त्यता परेन ? पन्चासेको डाँडाले पनि छेक्दो रहेन्छ । दृष्यपान गर्दैै केही पोज फोटो लियौँ ।
    फर्कने क्रममा हिजो नजर नपुगेका कुनै स्थान छन की ? भनि सिलो टिपेझैँ नजर लगाउँदै आयौँ ।
    धिमेडाँडा आईपुग्दा जलजलाबाट आउने र नागी बाट आउने  पदमार्ग जोडिदो रहेछ । हामि नाँगी जाने बाटोबाट तेर्सो लागि हम्पाल डाँडाको दाइने भागमा प्रवेश गर्यौँ ।हम्पालको शिरबाट पर्वतमालाहरुको दृष्य क्यामेराका कैद गयौँ ।क्षितिवृतका चार मध्ये तीन दिशामा तैरिरहेका पर्वतहरुलाई निर्निमेष नियाली रही यज्ञस्थली आयौँ । त्यहाँ भगवानको प्रशाद र आर्शिवाद लियौँ ।  पण्डित जीले स्थानियले आउजाउ गर्ने भीरको बाटो चालिस मिनेट छोटो हुन्छ जलजला तीरको भन्दा भन्नुभयो । हामी पनि भीरको बाटो झर्यौँ ।  बाटो जोखिमपुर्ण रहेछ । दुस्साहास गरेकोमा मोटरबाटो भेटिदा सम्म पछुतो भैरह्यो ।
    हिजो खरायोको चालमा हिँड्ने अनिल सर आज थकित भै मोटरबाटोमा पनिहिँड्न सक्नु भएको थिएन ।टेक्सी बोलाउनु बेनीबाट भनिरहनु भएको थियो । आज बुढो गोरुको चाल उहाँको भैरहेको थियो ।टेक्सी कन्फर्म गरी ढाढस दिँदै मैले भने, “ हिजो मलाई यति टाढा आउन कत्ति मन थिएन । तपाईको करले आएँ । सुन्दरमनै हर्नेठाँउ ल्याउनु भएको रहेछ । धन्यवाद छ है ! ”
    उहाँले भन्नु भयो ,“ वेलकम सर ।”

    समाप्त

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend