१४ चैत पोखरा
स्याउ बगान घुमउँला समाएर हात ।
सयौं जुनी कटाउँला यसै गरि बात ।।
मार्फाको स्याउ बँगैचालाई प्रतीक मानेर रचिएको खाना मिठो थाकखोले थकाली..... नामक गीत भित्रको यो हरफले मुस्ताङ र जोमसोमको प्राकृतिक छटालाई राम्रैसंग वर्णन गरेको छ । राम्जी आचार्यले गर्नुभएको शब्द रचनालाई एआइ प्रविधिबाट गीतमा रुपान्तरण गरिएको हो । खर्च र झन्झटबाट मुक्त हुनलाई एआई प्रविधिको उपयोग गरिएको भए पनि गीतले शब्दहरुलाई मर्न दिएको छैन । गीत युटुब,टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका प्लेट फर्महरुमा सहज उपलब्ध भएको छ । प्रारम्भिक चरणमा गितबाट केही टिकटकहरु बन्न थालेका छन् । त्यस्तै गीतको बारेमा प्रारम्भिक प्रतिक्रियाहरु आउन थालेको प्राविधिक पक्षले जनाएको छ ।
