• राजनीति
  • माओवादी विधान अधिवेशन:  समूहगत छलफलको निष्कर्ष...

माओवादी विधान अधिवेशन:  समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गरिँदै

माओवादी विधान अधिवेशन:  समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गरिँदै

भुइँ पाटी
बुधवार, फाल्गुण २ २०८०
  •  

    २०८० फागुन २

    काठमाडौँ - राजधानीमा मंगलबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ । आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ । 

    मंगलबार २० समूह बनाएर छलफल थालिएको थियो । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदामा छलफल प्रारम्भ गरिएको र आज एक बजेसम्म छलफल गरी समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गरिने महासचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो। बीसवटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।

    तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend