• विश्व
  • रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन...

रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी

रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी

भुइँ पाटी
बुधवार, फाल्गुण २ २०८०

  • २०८० फागुन २
    जेनेभा – राफाह इजरायली सैन्य कारबाहीले गाजामा नरसंहार निम्त्याई निरिह मानिसहरू मृत्यु हुनसक्ने चेतावनी संयुक्त राष्ट्रसङघीय मानवीय मामिला उप–महासचिव मार्टिन ग्रिफिथ्सले मङ्गलबार जारी गर्नुभएको छ ।  
    उहाँले दक्षिणी गाजाको रफाहमा स्थल आक्रमणको खतरनाक परिणामविरुद्ध अन्तर्राष्ट्रिय समुदायको चेतावनीलाई उल्लेख गर्दै इजरायलले उनीहरूको आह्वानको बेवास्ता नगर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  
    रफाह र गाजाका मानिसहरू आक्रमणको शिकार भएको बताउदै उहाँले यसको तीव्रता, क्रूरता र दायरा अतुलनीय भएको उल्लेख गर्नुभएको छ ।
    मानवीय सहायताकर्मीहरूले चार महिनाभन्दा बढी समयदेखि अप्ठेरोमा परेका मानिसहरूलाई सहयोग गर्न करिव असम्भव रहेको कुरामा जोड दिँदै उहाँले सुरक्षा सुनिश्चितता, सहायता आपूर्ति तथा कामलाई निरन्तरता दिने कर्मचारी क्षमताको अभाव रहने चेतावनी दिनुभयो ।  
    मानवीयमामिला समन्वयका लागि संयुक्त राष्ट्रङ्घीय कार्यालय (ओसिएएचए) ले मङ्गलबार गाजाको स्वास्थ्य मन्त्रालय (एमओएच) लाई उद्धृत गर्दै २४ घण्टाभित्र इजरायली आक्रमणबाट थप १३३ प्यालेस्टिनीको मृत्यु भएको तथा १६२ प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend