बिहीबारदेखि मौसममा सुधार हुने

बिहीबारदेखि मौसममा सुधार हुने

भुइँ पाटी
बुधवार, फाल्गुण २ २०८०

  • २०८० फागुन २
    काठमाडौँ - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उहाँले जानकारी दिनुभयो । उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उहाँका अनुसार मधेश प्रदेशका एक÷दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ । आज रातिको समयमा कोशी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । अहिले काठमाडौँको अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend