• विश्व
  • सुरक्षा सम्झौताका लागि जेलेन्स्की बर्लिन र...

सुरक्षा सम्झौताका लागि जेलेन्स्की बर्लिन र पेरिस भ्रमणमा

सुरक्षा सम्झौताका लागि जेलेन्स्की बर्लिन र पेरिस भ्रमणमा

भुइँ पाटी
शुक्रवार, फाल्गुण ४ २०८०

  • २०८० फागुन ३
    बर्लिन –दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुग्नुहुनेभएको छ । 
    युक्रेनमा जारी युद्ध तेस्रो वर्षमा प्रवेश गर्न लागेका बेला जेलेन्स्कीले म्यूनिख सुरक्षा सम्मेलनमा आर्थिक सहयोग र हतियारमा निरन्तर सहयोगका लागि आफ्नो प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ । सम्मेलनमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत नेताहरू भेला हुनेछन् ।
    जेलेन्स्कीको युरोपेली मुलुकको भ्रमण युक्रेनी सैनिकहरूको लागि एक महत्वपूर्ण समयमा आएको छ, जसले गोलाबारुदको कमी र ताजा रूसी आक्रमणका कारण पूर्वी अग्रपङ्तीमा बढ्दो कठिन परिस्थितिको सामना गरिरहेका छन् ।
    सबैभन्दा ठूलो योगदानकर्ता संयुक्त राज्य अमेरिका चुनावी वर्षको दौडानका कारण अर्बौं डलरको पश्चिमा सहायताको दीर्घकालीन भविष्य अन्योलमा रहेको छ ।
    वासिङ्टनमा गत वर्षदेखि ६० अर्ब अमेरिकी डलरको सैन्य सहायताको सम्भावित प्याकेज कंग्रेसमा देखिएको विवादका कारण रोकिएको छ ।
    युरोपेली सङ्घ (ईयू) ले मार्चसम्ममा पठाउने वाचा गरेको १० लाख तोपखानाको आधा गोला मात्रै व्यवस्था गर्न सक्ने बताएको छ ।
    युरोपका दुई प्रमुख शक्तिशाली मुलुकहरू जर्मनी र फ्रान्सको भ्रमणका क्रममा जेलेन्स्कीले युद्ध समाप्त भएपछि आफ्नो देशको सुरक्षा प्रत्याभूतिलाई व्यवस्थापन गर्ने प्रयास गर्नुहुनेछ । 
    जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार युक्रेनको ‘दीर्घकालीन सुरक्षा प्रतिबद्धता र समर्थन’ समेट्ने गरी द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने जर्मन सरकारले जनाएको छ ।
    एलिसीले शुक्रबार युक्रेनसँग सुरक्षा सम्झौतामा हस्ताक्षर हुने पनि पुष्टि गरेको छ, तर यसको विषयवस्तुबारे कुनै जानकारी दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend