दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु

दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु

भुइँ पाटी
शुक्रवार, फाल्गुण ४ २०८०

  • २०८० फागुन ४
    नयाँदिल्ली – दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका  अधिकारीले शुक्रबार बताउन भएको छ । 
    अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन । आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए । 
    दुर्घटनामा दिल्लीका एक प्रहरी र दुई महिलासहित चार जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
    आगलागी उत्तरपश्चिम दिल्लीको आवासीय क्षेत्रको छेउमा अवस्थित रङ (पेन्ट) उत्पादन गर्नेे कारखानामा भएको हो ।  आगलागीका कारण वरपरका घरहरू प्रभावित भएका छन् भने अग्निनियन्त्रण विभागका कर्मचारीहरूको निरन्तरको सहयोगमा कम्तीमा चार घण्टापछि शुक्रबार बिहानसम्ममा आगो नियन्त्रणमा आएको थियो । 
    नजिकैका घरहरू तथा पसलहरूमा आगो लागेपछि ठूलो विस्फोटको आवाज सुनिएको तर आगलागीको कारण अहिलेसम्म थाहा हुन नसकेको स्थानीयहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend