नवलपुरमा पाटेबाघ मृत फेला

नवलपुरमा पाटेबाघ मृत फेला

भुइँ पाटी
शुक्रवार, फाल्गुण ४ २०८०

  • २०८० फागुन ४
    नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा आज पाटेबाघ मृत फेला परेको छ । मध्यविन्दु–१० अरुणखोलास्थित भूपू तमासपुर जाने बाटो नजिकैको वनमा भाले पाटेबाघ मृत फेला परेको हो । 
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडलले प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोलीले  घटनाबारे अनुसन्धान गरिरहेको छ । “करिब १० देखि १५ दिन अगाडि पाटेबाघ मरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो ।
    डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले सो घटनाको अध्ययन गर्न पशु चिकित्सकसहितको टोली खटिएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend