२०८० फागुन ८
-निर्मल पौडेल
पर्वत -पर्वतको फलेवास नगरपालिका ६ देविस्थान स्थिति श्री जनता माबीको ६७ औ वार्सिकोत्सव तथा अभिभावक दिवस एक समाहरोह बिच विविध कार्यक्रम सहित सम्पन्न भएको छ।
मंगलवार बिधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बार्सिकोत्सव समाहरोह समापन गरिएको हो ।बार्सिकोत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका माननीय मित्रलाल बस्यालले शिक्षा क्षेत्रमा मुलकले सोचेजती प्रगती गर्न नसकेको बताए। बस्यालले विविध कारणले गाउँघर बाट बसाइसराइ सर्ने दर बढ्दो भएको भन्दै बिधालयहरुमा बिद्यार्थीहरुको संङ्ख्या कम हुँदै गएको प्रती चिन्ता व्यक्त गरे। बस्यालले सामुदायिक बिधालय प्रती सरोकारवाला निकायले चासो राख्नुपर्ने कुरामा जोड दिए। आफू र आफ्नो ठाउ बाट बिधालय लाई सक्दो सहयोग गर्ने बस्यालले प्रतिबद्धता व्यक्त गरे। यस्तै बिशिस्ट अतिथि तथा फलेवास नगरपालिका उपप्रमुख शोभाकुमारी क्षेत्रिले शैक्षिक गुणस्तर प्राप्तिका लागि शिक्षक विद्यार्थी र अभिभावक बिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने जिकिर गरिन । क्षेत्रीले अबको शिक्षा व्याबहारिक र जनमुखी हुनुपर्नेमा जोड दिदै सैद्धान्तिक ज्ञानले मात्र लक्षित उपलब्धि हासिल गर्न नसकिने बताइन। प्रमाणपत्रको अङ्कले भन्दा पनि व्यबाहरिक ज्ञानले मानिस पुर्ण हुने भन्दै बिधालयमा पढ्दै कमाउने व्यवाहरिक शिक्षा प्रदान गर्न सक्नुपर्ने धारणा व्यक्त गरिन।

यस्तै फलेवास नगरपालिकाका सस्थापक मेयर पदमपाणि शर्माले बिद्यार्थीको उपलब्धिको मापन सहितको योजना बिधालयको हुनुबर्ने भन्दै शिक्षा नियमावलीको अनुसूची ८ लाई आधार बनाएर आफ्नो कार्यकालमा फलेवासमा दुनियाले हेर्नेगरी शिक्षा नियमावली लागू गरेको स्मरण गरे।
कार्यक्रममा बिधालयका प्रधानध्यापक जिबनाथ शर्माले बिगतका दिनहरुमा भन्दा जनता माबिको शैक्षिक तथा भौतिक वातावरण राम्रो हुँदै गएको बताए। कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य नगर शिक्षा इकाइ प्रमुख कृष्ण प्रसाद पौडेल, नगर शिक्षा अधिकृत टंकनाथ पौडेल पुर्व प्रअ गोपालप्रसाद श्रेष्ठ,शिक्षाप्रेमी दामोदर श्रेष्ठ ,वाड अध्यक्ष नवीन कुमार श्रेष्ठ लगायतले शिक्षा सम्बन्धि आफ्नो धारणा राखेका थिए। बार्सिकोत्सब समाहरोहको अवसरमा बिधालयमा बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रम समेत सम्पन्न भएका छन। यस्तै बिधालयमा स्थापित विविध अक्षय कोषबाट र बिधालयको तर्फबाट बार्षिक रुपमा जेहन्दार गरिब दलित तथा असाहय बिद्यार्थीहरुलाइ प्रदान गरिने पुरस्कार समेत बितरण गरिएको छ। कार्यक्रममा फलेवास स्थित बिबिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि शिक्षाप्रेमी बुद्धिजीवी पत्रकार र सरोकारवालाहरुको उपस्थित रहेको थियो। बिधालय व्यबस्थापन समितिका अध्यक्ष भोलानाथ भुसालको अध्यक्षता गण्डकी प्रदेशका माननिय मित्रलाल बस्यालको प्रमुख आतिथ्यता, बिधालयका शिक्षक युबराज शर्माको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सन्चालन बिधालयका शिक्षक उपेन्द्र बहादुर थापाले गरेका थिए।
