• विश्व
  • कठाङ्ग्रिदो जाडोले मङ्गोलियामा २० लाख भन्दा...

कठाङ्ग्रिदो जाडोले मङ्गोलियामा २० लाख भन्दा बढी पशुको निधन

कठाङ्ग्रिदो जाडोले मङ्गोलियामा २० लाख भन्दा बढी पशुको निधन

भुइँ पाटी
आइतवार, फाल्गुण १३ २०८०
  •  

    २०८० फागुन १३

    उलान बातोर - मङ्गोलियामा यस वर्षको हिउँदमा अत्यधिक चिसो मौसमका कारण २० लाख पशुको निधन भएको छ । राज्य आपतकालीन आयोग (एसईसी) ले शनिबार जनाए अनुसार देशभर 'दिजुद' चिसोका कारण कम्तिमा २० लाख २ हजार पशुको निधन भएको छ । "दिजुज" मङ्गोलियन शब्द हो जुन कडा चिसो जाडो बुझाउन प्रयोग गरिन्छ । जमिन चिसोले जमेको वा हिउँले ढाकिएका कारण यहाँ लाखौ पशुपक्षीको निधन भएको छ । देशको मौसम अनुगमन एजेन्सीका अनुसार हालसम्म देशको ८० प्रतिशतभन्दा बढी भूभाग हिउँले ढाकेको छ । संसारमा अन्तिम जीवित घुमन्ते देश (नोमाडिक) देशको रूपमा चिनिने मङ्गोलियाले हालै कडा जाडो र पशुधनको क्षतिको कारण उच्च सतर्कता अपनाएको छ। भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या ६४.७ मिलियन थियो।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend