पर्वतमा पनि सुरु भयो दादुरा,रुवेलाविरुद्धको खोप

पर्वतमा पनि सुरु भयो दादुरा,रुवेलाविरुद्धको खोप

भुइँ पाटी
आइतवार, फाल्गुण १३ २०८०

  • -राजबाबु पिसी
    पर्वत, १३ फागुन
    देशभर बिभिन्न चरणमा दादुरा, रुवेलाखोप दिईदैछ । पर्वतमा पनि यहि १३ फागुन देखि २७ गते सम्म ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खोप दिईदैछ । आज आईतबार देखि पहिलो चरणमा पर्वतका फलेवास नगरपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिकामा दादुरा रुवेवा खोप दिईदैछ । दादुरा, रुवेला विरुद्धखोपको कुनैपनि बालबालिका नछुटुन् भन्नकालागि नगरपालिका,गाउँपालिका,वडाहरु, स्वास्थ्यसंस्था र टोलटोलमा तयारीकोलागि जिल्लामा खोपको व्यवस्थापन, आवश्यक जनशक्तिहरु तयारी गरिएको जिल्लास्वास्थ्य कार्यालय पर्वतले जनाएकोछ । 
    जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लामा दुईचरणमा ८ हजार ६ सय ११ जना बालबालिकालाई दादुरा, रुवेलाखोप लगाईने भएको हो । फागुन १३ देखि १७ गते पहिलो चरणमा र २१ फागुनदेखि २६ फागुन सम्म दोस्रो चरणमा दादुरा, रुवेला खोप दिईदैछ । 
    पहिलो चरण अन्र्तगत फलेवास नगरपालिका, विहिदी गाउँपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिका रहेका छन् भने दोस्रो चरणमा कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिका रहेका छन् । पहिलो चरणमा पर्ने फलेवास नगरपालिकाका ४२ खोेपकेन्द्रबाट १ हजार ३सय ८ जना, महाशिलामा २४ खोपकेन्द्रबाट ५ सय ७१ ज्ना, विहादी गाउँपालिकाका २३ खोपकेन्द्रबाट ९ सय ७५ जना र पैयू गाउँपालिका २७ केन्द्रबाट ८सय ५६ जना बालबालिकालाई खोप लगाईदैछ । त्यसैगरी दोस्रो चरणमा कुश्मानगरपालिकाका ५४ केन्द्रबाट २ हजार ३ सय २६ जनालाई, मादीगाउँपालिकाका ३२ केन्द्रबाट १ हजार २सय ४७ जनालाई र जलजला गाउँपालिकाका ३६ केन्द्रबाट १ हजार ३ सय २९ जनालाई दादुरा, रुवेला खोपदिन लागिएको हो । दादुरा छिटो सर्ने संक्रामक रोग हो भने रुवेलापनि दादुराजस्तै संक्रामक रोग हो, यो स्वासप्रस्वासको माध्यम बाट सर्ने गर्दछ । यो खोपको माध्यमबाट निवारण गर्ने सकिने भएकाले खोप लगाउन आग्रह गरेका छन् । 
    दादुरा, रुवेलाखोपबाट कोहि नछुटुन् भनेर तयारीलाई तिब्रताकालागि जिल्लामा भएका सबै सबैस्वास्थ्य संस्था, जनप्रतिनिधि, विद्यालय, तथा सामाजिक सामाजिकसंघसस्थाहरुबिच छलफल अगाडि बढाएको थियो । जिल्लास्वास्थ्य कार्यालय पर्वतद्धारा आयोजित जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसंग कुश्माबजारमा विहिबार अन्र्तक्रिया कार्यक्रम गरिएको थियो । 
    दादुरा, रुवेला निवारणगर्ने लक्ष्य खोप कार्यक्रमलाई सफलबनाउन सबैको दायित्व रहेको जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुराम विकले बताउनुभयो, त्यसैगरी प्रमुख जिल्ला अधिकारी, पर्वत जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेण्डेट डा. हेमन्त बास्तोला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, खोप सुपरभाईजर जयन्द्र गुरुङ्ग लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन स्वास्थ्यकार्यालयका नारायण शर्माले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend