लत्ताकपडा सहित ट्रक नियन्त्रणमा

लत्ताकपडा सहित ट्रक नियन्त्रणमा

भुइँ पाटी
सोमवार, फाल्गुण १४ २०८०

  • २०८० फागुन १४
    काठमाडौँ – पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७०  लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
    वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलबिजक शङ्कास्पद देखिएपछि  प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित  नियन्त्रणमा लिएको हो । लत्ताकपडाको ७० लाख र  ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी  आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend