गण्डकी, १९ फागुन : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा यही फागुुन १९ अर्थात आजदेखि २३ गतेसम्म प्रथम प्रादेशिक ललितकला प्रदर्शनी, २०८० हुने भएको छ । सृजनशील कलाकार समूहसँगको सहकार्यमा पोखरा आर्ट ग्यालरी नयाँबजार पोखरामा प्रदर्शनी गर्न लागिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताउनुुभयो । ‘सामाजिक रुपान्तरण ः ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजित प्रदर्शनीको सम्पूर्ण तयारी पूूरा भएको उहाँले जानकारी दिनुुभयो । कूल ७४ चित्र प्रदर्शनमा राखिने उल्लेख गर्दै सदस्यसचिव श्रेष्ठले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ देखि साँझ ६ बजेसम्म अवलोकन गर्न सकिने बताउनुुभयो । देशका प्रख्यात कलाकारको सहभागितामा कार्यक्रम सम्पन्न गर्न लागिएकाले नयाँ तथा पुराना कलाकारको जमघट हुने अवसरका रुपमा लिइएको छ । प्रदर्शनीमार्फत छानिएका कलालाई आगामी २०८१ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने आयोजकले जनाएको छ ।