• राजनीति
  • कांग्रेसप्रतिको माओवादी अविश्वासले पुरानो सत्तासमिकरण गम्भिर...

कांग्रेसप्रतिको माओवादी अविश्वासले पुरानो सत्तासमिकरण गम्भिर संकटमा, नयाँ गठबन्धनको तयारी

कांग्रेसप्रतिको माओवादी अविश्वासले पुरानो सत्तासमिकरण गम्भिर संकटमा, नयाँ गठबन्धनको तयारी

भुइँ पाटी
सोमवार, फाल्गुण २१ २०८०

  • २०८० फागुन २१
    काठमाडौँ – कोशी प्रदेशको मुख्यमन्त्री प्रकरणसँगै राष्ट्रीयसभाको चुनावमा कांग्रेसको एकपक्षबाट धोकाको अनुभुति गरेको माओवादी रुष्ट हुँदा सत्ता गठबन्धन गम्भिर संकटमा फसेको नेताहरुले बताएकाछन् ।  जानकारहरुका अनुसार हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले सहितका दलहरूको बैठकमा नयाँ गठबन्धनको सरकार बनाउने सहमति भएको जनाइएको छ । यस्तै प्रधानमन्त्री समेत रहेका माओबादी अध्यक्ष पुष्पकमल दाहालले अहिले बिहान बोलाउनुभएको कांग्रेस सहितको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । एमाले,रास्वपा,जसपा लगायतका दलहरुको बैठक बसेर नयाँ समिकरण बनाउने पुर्वनिर्धारित उद्देश्य अनुसार कांग्रेस सहितको गठबन्धको बैठक स्थगित गरिएको बुझिएको छ । 
    स्रोतका अनुसार नयाँ गठबन्धन सम्भवतः आजै घोषणा हुने सम्भावना छ ।  राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए आजै पूरानो सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी र रास्वपासहितको नयाँ गठबन्धन बन्ने माओबादीका नेताहरुले धारणा राखेकाछन् । 
    यस्तै हिजो एमाले सहित बसेको बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको थियो ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले यी सवालमा मिलेर जानुको विकल्प नभएको निष्कर्षका साथ सहमति जुटेको रातोपाटीलाई जानकारी दिए । ‘संसदमा सङ्क्रमणकालीन न्यायसम्बन्धी जुन विधेयक थियो त्यसमा सहमति गर्ने भन्ने भएको छ । कानुनमन्त्रीज्यूले त्यसलाई रोकिदिनु भएपछि त्यसलाई अघि त बढाउनुप¥यो नि’, उनले भने, अघि बढाउने क्रममा भएको यो नयाँ छलफल हो । सङ्क्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको विषयमा मिलेर जाने भन्ने छ ।’ 
    टीआरसीलाई निष्कर्षमा पु¥याउने तयारी
    बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित दोस्रो तहका नेताहरू पनि सहभागी थिए । उक्त छलफलमा हाललाई प्रचण्डलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी मोटामोटी सहमति पनि भएको छ । 
    उक्त बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेतासँग थप छलफल समेत गरेको स्रोतले जनाएको छ। यतिबेला बालकोटमा एमालेको सचिवालय बैठक पनि बसिरहेको छ । 
    दलहरूबिच सहमति जुटेसँगै  सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक  टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक बोलाइएको छ ।  बैठकबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ । यसअघि गठबन्धनमा देखिएको खटपटकै करण कानुनमन्त्री धनराज गुरुङले थप समय चाहिने भन्दै आइतबार विधेयक पास गर्नबाट रोकेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend