गण्डकी, २५ फागुन : ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार राधिका कँडेलसहित १६ महिलालाई पोखरामा आज सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले फोटो पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान पु¥याएको भन्दै कँडेललाई रु ५० हजार नगदसहित उत्कृष्ट महिला फोटो पत्रकारका रूपमा सम्मान गरेको हो । कँडेलसँगै पत्रकारहरू कान्तिपुरकर्मी प्रतीक्षा काफ्ले, दुुर्गा अधिकारी, पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) गण्डकीका अध्यक्ष कमला गिरीलगायतलाई सम्मान गरिएको हो । त्यस्तै विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट सात वटा महिला सहकारी संस्थालाई पनि सम्मान गरिएको थियो । प्रतिसहकारीलाई ७५ हजार रुपैयाँसहित सम्मानपत्र दिइएको थियो । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेललगायतले पछिल्ला समयमा समाजका विभिन्न क्षेत्रमा महिला सक्रियता बढिरहेको बताउनुुभयो ।