मस्को, १० चैत (सिन्ह्वा) – मस्कोको क्रोकस सिटी हलमा शुक्रबार भएको आतंकवादी हमलामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको रसियाको अनुसन्धान समिति (आईसीआर) ले जनाएको छ ।
“यो प्रारम्भिक रूपमा पुष्टि भएको छ, आतंकवादी हमलाको परिणाम स्वरूप ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पीडितहरूको संख्या बढ्न सक्छ,“ आईसीआरले भनेको छ ।
आईसीआरका अनुसार अन्वेषकहरू, अपराध विशेषज्ञहरू र विज्ञहरूले आन्तरिक मामिला मन्त्रालय र संघीय सुरक्षा सेवाको परिचालन इकाईहरूसँग मिलेर काम गरिरहेका छन् ।
“मृतकको शव परीक्षण भइरहेको छ । घटनास्थलबाट हतियार र गोली लगायतका सामाग्रीहरु बरामद भैरहेको छ, आवश्यक सबै परिक्षणको आदेश दिईएको छ र आनुवंशिक, ब्यालेस्टिक र फिंगरप्रिन्ट सहितको परीक्षण पनि भैरहेको छ ।
