• समाचार
  • ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव...

ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला

ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला

भुइँ पाटी
शनिवार, चैत्र १७ २०८०

  • काठमाडाैँ , १७ चैत : चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । 
    ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो ।  मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।
    मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीकाे भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend