समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया आज

समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया आज

भुइँ पाटी
मंगलवार, चैत्र २० २०८०

  • काठमाडौँ, २० चैत : चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।  दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा अन्तरक्रिया हुने मोर्चाका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ । 
    सचिवालयका अनुसार ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो । कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ ।
    सअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन् ।
    कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको गर्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend