म्याग्दी २३ चैत । म्याग्दीको सदरमुकाम नजिकै बस दुर्घटना हुँदा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार दिउँसो दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् ।
बेनि देखि छुटेको बस करिब एक किलोमिटर अगाडी पुगेर दुर्घटनामा परेको हो । दुर्घटनमा घाइते भएका मध्ये चार जनालाई थप उपचारको लागि पोखरा पठाईएको र अन्यको बेनी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनकारी दिएको छ ।
