• विश्व
  • सिड्नीको सपिङ मलमा भएको छुरा आक्रमणमा...

सिड्नीको सपिङ मलमा भएको छुरा आक्रमणमा ‘केही व्यक्ति’ हताहत : प्रधानमन्त्री अल्बानिज

सिड्नीको सपिङ मलमा भएको छुरा आक्रमणमा ‘केही व्यक्ति’ हताहत : प्रधानमन्त्री अल्बानिज

भुइँ पाटी
शनिवार, बैशाख १ २०८१

  •     सिड्नी, अस्ट्रेलिया, १ वैशाख ,२०८१
    अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यवसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ । उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।    
        
    प्रधानमन्त्री एन्थोनी अल्वानिजले सपिङ मल (किनमेल केन्द्र) मा भएको आक्रमणमा ‘केही व्यक्ति हताहत भएको’ पुष्टि गर्नुभएको छ ।    
        
     त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताए ।    
        
    बोन्डी जक्शनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ । न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एकजना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ ।    
        
    घटनास्थलबाट मानिसहरू भागिरहेको देखिने खालका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।    
        
    प्रहरीले त्यहाँको समय अनुसार अपरान्ह ४ बज्नै लाग्दा एक व्यक्तिलाइृगोली हानिएपछि अवस्था संवेदनशील बनेको जनाएको छ ।    
        
    आक्रमणका घटनाहरू जारी रहेको भन्दै मानिसहरूलाई उक्त क्षेत्रतर्फ नजान भनिएको छ ।    
        
    उक्त क्षेत्रलाई खाली गरिएको छ भने घटनास्थलमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडीहरू रहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् ।    
        
    सामाजिक सञ्जालमा शेअर गरिएको भिडिओमा एकजना पुरुषले ठूलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखाइएको छ ।     
        
    न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एकजना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको छ ।

    (एएफपी)      

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend