प्रिय गजलकारको निधनले स्तब्ध बन्यो पोखरा !

प्रिय गजलकारको निधनले स्तब्ध बन्यो पोखरा !

भुइँ पाटी
बुधवार, बैशाख ५ २०८१
  •   
        
    कास्की, ५ वैशाख : पोखराका चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ ।  पोखरेली जनमानसमाा प्रिय गजलकारको पहिचान बनाएका प्रकटलाई अचानक गुमाउनुपर्दा  हुँदा पुरै पोखरा स्तब्ध बनेको छ ।  
        
    स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उहाँको आज निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।    
        
     कास्कीको रुपा गाउँपालिका-५ स्थायी निवासी उहाँ जण्डिस र निमोनियाको बिरामी हुनुहुन्थ्यो । स्व पङ्गेनीको बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्व पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् ।    
        
     यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उहाँका प्रकाशित कृतिहरू हुन् । उहाँका श्रीमति, एक छोरा र एक छोरी छन् ।    
        
     अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि सांस्कृतिक परिवारको अग्रसरतामा आजदेखि नै सहयोग रकम सङ्कलन अभियान सुरु भएको थियो । परिवारले रु २५ हजार राखेर सुरु गरेको सो अभियानमा पोखरा महानगरपालिकाले रु एक लाख सहयोग गर्ने घोषणा गरेको थियो ।    

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend