फिक्कल (इलाम), १५ वैशाखः इलाम क्षेत्र –२ का सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो ।
यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।
यस्तै मतदान सुरु हुने क्रममा रास्वपा उम्मेदवार मिलन लिम्बुले आचारसंहिता विपरित पार्टीको लोगो अंकित व्याच लगाएको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । चुनाव जित्न माओवादी छोडेर रास्वपा आएका लिम्बुको कार्यशैलीप्रति सामाजिक सञ्जालभरी आलोचना भएको छ ।
