• राजनीति
  • इलाम २ मा एमालेका सुहाङ नेम्वाङ...

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा रास्वपाको जमानत जफत

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा रास्वपाको जमानत जफत

भुइँ पाटी
मंगलवार, बैशाख १८ २०८१

  • १८ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।
    अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो  । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।
    सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।
    निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । उप चुनावमा निकै हल्लाखल्लाकासाथ उत्रीएको रास्वपाले भने जमानत जोगाउन सकेन । उता पहिचानवादिहरुको दवदवा भने कायमै रहेको सन्देश उपचुनावले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend