विराटनगर, २७ वैशाख : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ बिहीबार अपराह्न ५ बजे हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले कार्कीको शपथ ५ बजेका लागि तय गरेको हो ।
कार्कीको शपथलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ । जसअनुसार एमालेबाट रामबहादुर रानामगरलाई अर्थ मन्त्रालयको जिम्मेदवारी दिने गरी छलफल भएको जनाइएको छ ।
यस्तै माओवादी केन्द्रबाट दुर्गा चापागाईँ र गणेश उप्रेतीमध्ये एक जना आज मन्त्री बन्नेछन् । माओवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिनेगरी दिने गरी गठबन्धनमा सहमाति भएको बताइएको छ । बाँकी मन्त्रालयमा भने गठबन्धनमा छलफल गरेर सहमति भएपछि छिट्टै मन्त्री नियुक्त हुनेछ ।
प्रदेश प्रमुख परशुराम खापुङले ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै आजै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका थिए । यसअघि कोशीको नयाँ मुख्यमन्त्रीमा कार्कीले बिहान ५२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् ।
