प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु

प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु

भुइँ पाटी
शुक्रवार, बैशाख २८ २०८१
  • काठमाडौं, २८ वैशाखः  फिल्म ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।
    फिल्मको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थिती थिए । उनीहरुले क्यामेरा पुजा गर्दै भगवान्सँग आर्शिवाद थापेका थिए ।

    diveya-2.jpg
    राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
    नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । फिल्मको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बौद्दिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो ।

    diveya-1.jpg
    यो फिल्मको छायांकन पोखरामा १० दिन गरिनेछ । काठमाडौंमा भने फिल्मको छायांकन एक महिना गरिने निर्माणपक्षले बताएको छ । थमन कुमारी भण्डारी यो फिल्मका निर्माता हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । फिल्मको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन् । फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई  प्रदर्शन गरिने छ ।

    pradeep-diviya.jpg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend