गुन बिर्सिने प्रति गिरीको “गुनासो”

गुन बिर्सिने प्रति गिरीको “गुनासो”

भुइँ पाटी
शुक्रवार, बैशाख २८ २०८१
  •  

    जापान,टोकियो २८ बैशाख : गुल्मीमा जन्म भई जापानलाई कर्मभूमि बनाउँदै आएका गीतकार बिष्णु कुमार  गिरीको नयाँ गीत ‘गुनासो’ सार्वजनिक भएको छ। कमल विष्टको स्वर तथा संगीत , दर्पण यात्रीले एरेन्ज गरेको गुनासो को शब्द लेखन गिरीले गरेका हुन्। सम्बन्धमा आउने उतारचढाव, विश्वास र धोकाको भाव प्रस्तुत गर्ने खालका शब्दहरु रहेको गीतको म्युजिक भिडियोलाई बिमले निर्देशन गरेका छन् भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिनाको अभिनय रहेको छ। प्रकाश खड्काको छायांकन तथा विकास ज्ञवालीको सम्पादन रहेको “गुनासो” टुलुमुन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गिरीले यस अघी देश, गाउँघर वनपाखालाई शब्दमा उतार्दै सिर्जना वजारमा ल्याएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend