कैलाश सिरोहिया पक्राउप्रति पत्रकार महासंघको आपत्ति

कैलाश सिरोहिया पक्राउप्रति पत्रकार महासंघको आपत्ति

भुइँ पाटी
मंगलवार, जेठ ८ २०८१

  • काठमाण्डौँ, ८ जेठ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । आफूमाथि लागेको आरोपउपर छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदासमेत कार्यकक्षबाटै पक्राउ गरिएकोमा महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
    महासंघ महासचिव रोसन पुरीले जारी गरेको  विज्ञप्तिमा सिरोहिया पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको समाचार कान्तिपुरले फलोअप गर्दै आएकोले सिरोहियालाई पक्राउ गरिएको उल्लेख गरिएको छ ।
    ‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरुले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

    IMG_20240521_202815_(1200_x_500_pixel).jpg
    www.bhuimnpati.com


    त्यस्तै, महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग स्वीकार्य नहुने भन्दै सचेत गराएको छ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन जोडदार माग गरेको छ ।
    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिरोहियालाई आज थापाथलीस्थित कान्तिपुर मुख्यालयबाटै पक्राउ गरेको हो । उनीविरुद्ध दोहोरो नागरिकता प्रकरणमा धनुषा जिल्ला अदालतबाट आज पक्राउ पूर्जी जारी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend