कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा...
कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत
कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत
भुइँ पाटी
बिहिवार, जेठ १७ २०८१
298
Share
काठमाडौँ, १७ जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मापौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । । बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मनुभएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएको हो । उहाँ २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै सङ्घको केन्द्रीय सदस्य र महामन्त्री हुनुभएको थियो । त्यसपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उहाँले काम गर्नुभएको थियो ।