पोखरा, २८ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ ।
पाण्डेलाइ प्रदेश सभाका ३१ सांसदले समर्थन गरेसँगै विश्वासको मत प्राप्त भएको हो । सदनबाट मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ ।
मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रबाट चुनाव जितेका गण्डकीका सांसद फण्डिन्द्र देवकोटा, राप्रपाका २ र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ " दीपक मनाङे" ले विश्वासको मत दिएका हुन् ।
माओबादिबाट चुनाव जितेका सांसद फण्डिन्द्र देवकोटाले पक्षको मत दिने लबीमा पसेसँगै विपक्षी सांसदहरुले 'दल विरोधी गतिविधि मुर्दावाद', 'ह्विप उल्लंघन गर्न पाइँदैन' भन्दै सदनमा एकैछिन नाराबाजी गरेका थिए ।
