२०८३, कार्तिक ८गते

Oct 24 2026

Logo
Logo
images
  • सम्पादकीय
  • समाचार
  • भुइँ कथा
  • ज्ञानगंगा
  • प्रवास
  • साहित्य संसार
  • विचार दृष्टिकोण
  • मनोरञ्जन
  • विश्व
  • ग्यालरी
  • विविध
  • भिडीयो ग्यालरी
    • २०८३, कार्तिक ८ गते
    • समाचार
    • नदै...

    नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

    नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

    भुइँ पाटी
    शुक्रवार, आषाढ १४ २०८१
  • 144
    Share
  • नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै
     

    जुम्ला, १४ असार : जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो । नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत रु ९० लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । सङ्घीय सरकारबाट प्राप्त बजेटबाट गुफाको भौतिक संरचना, गुफासम्म पुग्ने पदमार्ग, धर्मशालालगायत भौतिक संरचना निर्माण गरिने उहाँको भनाइ छ । वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागि बजेट सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको छ । “अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागतरुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने विशेषता देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छौँ ।” गुफा ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयको छ । ऐतिहासिक यस गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । पालिकाले गुफाको बारेमा विस्तुत अवलोकन, थप अनुसन्धान तथा यहाँको विशेषताबारे खोजी गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । नीति कार्यक्रम तथा बजेटमा तिलाका पर्यटकीय क्षेत्रको परिचान गरी प्रचारप्रसार र संरक्षणलाई पालिकाले विशेष प्रथामिकतामा राखेको गाउँपालिका कार्यालयले जनाएको छ । नाग्ममा अर्गानिक कोसेली घर स्थापना कर्णाली राजमार्ग सडकखण्डको जुम्ला र कालिकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देशीय सहकारी संस्था जुम्लाले अर्गानिक कोसेली घर स्थापना गरेको छ । जिल्लामा उत्पादन हुने रैथानेबालीको बजारीकरण र आन्तरिक तथा बाह्य पर्यटनसम्म अर्गानिक कोसेली सहजरुपमा पु¥याउने उद्देश्यले राजमार्गको कालिकोट, जुम्ला हुँदै मुगुसम्मको मुख्य खण्डको नाग्म बजारमा अर्गानिक कोसेली घर स्थापना गरिएको हो । कर्णालीका रैथाने कृषि तथा पशुजन्य वस्तु सङ्कलन गरी बजारीकरण गर्नको लागि कोसेली घर स्थापना गरिएको सहकारीका प्रबन्धक विश्वराज खत्रीले बताउनुभयो । संस्थामा आवद्ध सदस्यहरुको जीविकोपार्जनमा सुधार गर्ने र किसानलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले उक्त कोसेली घर स्थापना गरिएको उहाँको भनाइ छ । उत्पादित रैथाने कृषिबाली सिधँै उपभोक्ताको पहुँचमा पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई राहत पुग्ने खत्रीले बताउनुभयो । कोसेली घरले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा समेत गरिएको छ । स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्गमा कोसेली घर सञ्चालन गरिएकोसहकारी संस्थाले जनाएको छ । सहकारीमा आवद्ध महिला सदस्यहरुले उत्पादन गरेका रैथाने बाली कोसेली घरमा राखिएका छन् । जुम्ला र कालिकोटका महिलाले उत्पादन गरेका वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको हो । ---

    प्रतिक्रिया दिनुहोस
    भर्खरै थप
    • प्रवासमा गुञ्जियो मनमल्लिका !
    • वरण
    • चारधाममा चौध दिन
    • जापान सरकारको नयाँ नियम, भिसा नविकरण प्रकृया कडिकडाउ गरिने !
    • थाकखोला र थकाली खाना सम्बन्धि गीत सार्वजनिक
    • मोहरेको काँधमा
    लोकप्रीय
    सम्बन्धित बिषय
  • जापान सरकारको नयाँ नियम, भिसा नविकरण प्रकृया कडिकडाउ गरिने  !

    जापान सरकारको नयाँ नियम, भिसा नविकरण प्रकृया कडिकडाउ गरिने !

  • ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

    ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

  • म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमा

    म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमा

  • शिवरात्रीमा रिलिज हुने ‘शिवांश’को टिजर सार्वजनिक

    शिवरात्रीमा रिलिज हुने ‘शिवांश’को टिजर सार्वजनिक

  • खोज्नुहोस

    Logo
    • गृहपृष्ठ
    • सम्पादकीय
    • समाचार
    • भुइँ कथा
    • ज्ञानगंगा
    • प्रवास
    • साहित्य संसार
    • विचार दृष्टिकोण
    • मनोरञ्जन
    • विश्व
    • ग्यालरी
    • विविध
    • भिडीयो ग्यालरी
    English
    सम्पर्क

    भुइँ सञ्चार मिडिया प्रा.लि.
    कार्यालयः पोखरा महानगरपालिका ११ फुलवारी, कास्की
    कर्पोरेट कार्यालयः नागार्जुन नगरपालिका १ काठमाडौं
    सम्पर्क नं. : ९८४२२७३१६४/९७६७७१०५७४
    सुचना बिभाग दर्ता नं: २३५३/०७७–७८
    प्रेस काउन्सिल सूचिकरण :१७३१ –०७५/०७६
    विज्ञापन वोर्ड सूचीकरणः ०२१०/०७९/८०/०१
    इमेल: bhuinpati@gmail.com

    हाम्रो टिम

    संचालक/सम्पादक: राम्जी आचार्य

    व्यवस्थापक : संकेत आचार्य 

    हाम्रो बारेमा

    भुइँपाटी डटकम तल्लो तह अर्थात“ग्रासरुट” मूलक डिजिटल पत्रिका हो । विक्रम सम्वत २०७६ साल देखि यस पत्रिकाले आफ्नो यात्रालाई अविच्छिन्न राख्दै आएको छ ।   

     

     

     

                        प्रवास 

                               सम्पर्क कार्यालय       ः नागोया सिटी, मिनातोकु आइचि जापान
                               ह्वाट्सएप सम्पर्क नं.  : +८१७०९०८५७८३९

    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend