२०८१ असार २४
काठमाण्डौ– नेपाल प्रज्ञा प्रतिष्ठान,नेपालका प्रथम नागरिक कुलपति कविवर स्व.केदार मान ब्यथित, निष्ठाका राजनीतिज्ञ,अधिकारकर्मी एवं समाजसेवी स्व.पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व.चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले “भाषा,कला,संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ साहित्यिक महायज्ञको रुपमा प्रथम पटक भब्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१”को आयोजना गरिएको ब्यहोरा ट्रष्टका अध्यक्ष श्री महेन्द्र मान ब्यथितले बताउनु भयो । यो कार्यक्रम नितान्त साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको ,कार्यक्रमको सहआयोजनाको जिम्मेवारीमा पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार श्री विश्वप्रेम अधिकारीले बताउनु भयो ।
पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति विश्वप्रेम अधिकारीसँग समन्वय गरी आयोजना गर्न लागीएको कविता महोत्सवमा आम साहित्य अनुरागी एवं कविताका विभिन्न विधाका स्रष्टा एवं साधकहरु प्रतियोगि रहने महोत्सवको आयोजनाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याउने छ भने विद्यार्थी ,प्राध्यापक एवं प्राज्ञहरुको ब्यापक सहभागिता रहने कविता महोत्सवका संयोजक श्री अनन्त कुमार श्रेष्ठले बताउनु भयो ।
कविता महोत्सवको संयोजक श्री अनन्त कुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्राध्यापक, विद्यार्थी एवं शैक्षिक संस्थाहरुको समन्वय गर्ने गरी शैक्षिक संस्थाको संयोजकको रुपमा श्री काजीमान हरिटिका माध्यमिक विद्यालय रहेको र विद्यालयका प्राचार्य श्री ऋषिराम शर्मा समन्वय प्रमुख रहेको कार्यक्रममा मिडिया संयोजकको रुपमा एक बहादुर गोदार (रमेश¬) र प्रचार संयोजकको रुपमा मोती प्रसाद मरासिनी रहनु भएको जानकारी कविता महोत्सव संयोजक श्री अनन्त कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
कविता महोत्सवमा “खुल्ला कविता प्रतियोगिता२०८१” को पुरस्कार राशीहरु क्रमशः प्रथम पुरस्कार १५,५५५÷–,द्धितिय पुरस्कार राशी ११,१११÷–, तृतिय पुरस्कार राशी ७,७७७÷–रहेको छ । कविता महोत्सवमा “खुल्ला कविता प्रतियोगिता २०८१”मा सहभागी कविताको मूल्यांकन गर्न नेपाली साहित्यका राष्ट्रिय स्तरका विज्ञ ब्यक्तित्व, प्राज्ञ एवं प्राध्यापकहरुबाट गरिने प्रबन्ध गरिएको जानकारी महोत्सव प्रचार संयोजक मोती प्रसाद मरासिनीले जानकारी दिनु भयो ।
कविता २०८१ श्रावण १५ गते बेलुकी ५ बजे भित्र email id: kabitamahotsav2081@gmail.com प्रिती फण्टमा टाईप गरी प्रतियोगी स्रष्टा एवं सर्जकहरुले पठाईसक्नुपर्नेछ ।
महोत्सव संयोजक अनन्त कुमार श्रेष्ठका अनुसार कविताको अन्तिम छनौट सूची २०८१ श्रावण २० मा सार्वजनिक गरिनेछ । उक्त अन्तिम छनौटमा उत्कृष्ट २० कविताको छनौट हुनेछ । अन्तिम छनौटमा परेका उत्कृष्ट २० कवितालाई मिति २०८१ श्रावण ३१ गते कविता महोत्सवको अन्तिम दिन कविता बाचनको लागी सहभागी गराइनेछ ।
मिति २०८१ श्रावण ३१ गते उत्कृष्ट २० साहित्यकार, सर्जक एवं श्रष्टा प्रतियोगीलाई सम्मान,छनौटमा परेका मध्येबाट प्रथम,द्धितिय र तृतिय कविता र रचनाकार लाई नगद पुरस्कार राशी र प्रमाणपत्रले सम्मान गरिने ब्यहोरा महोत्सवका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी कविता कुनै ब्यक्ति विशेष,समुदाय,जातजाती वा धर्म सम्प्रदाय र राजनीतिक दल विशेषलाई आक्षेप लगाएको हुन नहुने र हालसम्म अप्रकाशित र कुनै प्रतियोगितामा समावेश नभएको हुनुपर्ने प्रतियोगिताका शर्त र नियमहरु रहेको ब्यहोरा ट्रष्टका संस्थापक अध्यक्ष श्री महेन्द्रमान ब्यथितले जानकारी गराउनुभयो ।
यो साहित्यिक अनुष्ठानलाई सफल पार्न मुक्तिनाथ फाउण्डेशन, मुक्तिनाथ विकास बैंक लि., मुक्तिनाथ कृषि कम्पनी लि.,सिनर्जीटेक सफ्टवेयर कम्पनी, सिटी एक्सप्रेस रेमिटान्स कम्पनी,नेपाली रिडर्स क्लब जापान, सेवा नेपाल, लिजेन्ट्स इन्टरनेशनल, टोखाई बाटिका इन्टरनेशनल स्कुल जापान, सिन्धु मल्टीप्रपोज प्रा.लि. एवं सिन्धु अर्गानिक एण्ड फार्म स्टे, कालाभैरव ट्रेडर्स पोखरा लगायतले सहकार्य गरेको ब्यहोरा ट्रष्टका संरक्षक योगेन्द« मान श्रेष्ठले जनाउदै कवि साहित्यकार, साहित्य अनुरागी , सर्जक, श्रष्टाहरु, प्राज्ञहरु, नेपाली भाषाका मुर्धन्य गुरुहरु, प्राचार्यहरु एव. विद्यार्थीहरुलार्ई सहभागी भईदिनुहुन खुल्ला आब्हान गर्नु भएको छ । ट्रष्टका संरक्षक एवं सस्थापक श्री योगेन्द्र मान श्रेष्ठका अनुसार ट्रष्टले कविता महोत्सव कार्यक्रमको अतिरिक्त “सामुदायिक विद्यालयका विद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामग्री सहायता” कार्यक्रम समेत सञ्चालन गर्न लागिएको ब्यहोरा जानकारी गराउनुभयो ।
“पुष्प–चन्द्र ट्रष्टको जग बसेको इतिहास र ऐतिहासिक महत्वका पात्रहरु”
राणकालिन समयको प्रजातान्त्रिक आन्दोलनमा देश भित्र एवं बाहिर निर्वासित जिवनमा रहँदा समेत सक्रिय रहनु भएको ब्यक्तित्व श्री केदारमान श्रेष्ठ “ब्यथित” । उहाँ राजनीतिक ब्यक्तित्व मात्र नभएर नेपाली साहित्यको एउटा शिखर ब्यक्तित्व पनि हो । नेपाल प्रज्ञा प्रतिष्ठान तत्कालिन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमा राजा महेन्द्र पछि नेपाली नागरिक एवं सर्वसाधारण जनताको छोरोको रुपमा वि.सं.२०२६ –२०३१को प्रथम कुलपतिको रुपमा रहनुभएको थियो । त्यस अगाडी प्रज्ञा प्रतिष्ठानको कुलपतिको रुपमा राजा नै रहने प्रचलन रहेको थियो ।
नेपाली साहित्य प्रतिष्ठानका संस्थापक सचिवको रुपमा सन् १९६२ देखि १९६४ सम्म र १९६४ पछि सभापति भएर नेपाली साहित्यलाई संगठित बनाउने श्रेयको रुपमा उहालाई नै जान्छ ।
प्रजातान्त्रिक आन्दोलनमा जीवन अर्पित गरेका श्रेष्ठ परिवारका दुई दाजुभाई मध्येका कान्छा सदस्य पुष्पमान श्रेष्ठ स्याङ्जा जिल्लामा रहेर राजनीतिमा क्रियाशील रहनुभयो । स्याङ्जाको राजनीतिमा सचेतना र संगठनात्मक राजनीतिको जग बसाउने पहिलो पंक्तिको नेताको रुपमा चिनिनु हुन्छ । अधिकारको आन्दोलनमा पटक पटक जेलनेल एवं कारावासको सजायले थिलथिलिएको शरिरमा महंगी विरुद्धको आमरण अनसन बसे सँगै २०५० बैशाख ८ गते स्वर्गारोहण हुनु भयो ।
अधिकारको लडाई र प्रजातान्त्रिक आन्दोलनमा सेल्टरको रुपमा परिचित रहेका स्याङ्जाको एउटा स्वतन्त्र घरको संरक्षण गर्ने जिम्मेवारी पुष्पमान श्रेष्ठको श्रीमती चन्द्रलक्ष्मी श्रेष्ठको रहयो । राजनीतिक रुपमा घरमै प्रशिक्षित परिवार कि एक्ली छोरी समाज सुधारका साधक थिइन चन्द्रलक्ष्मी श्रेष्ठ । स्व.चन्द्रलक्ष्मी श्रेष्ठले शैक्षिक संस्था सुधारमा निकै चासो राख्थिन् । समाजमा सचेतनाको क्षेत्रमा समाजमा सबैको अभिभावकिय आमाको भूमिका निर्वाह गरेको थिइन् । ४४ वर्षकै उमेरमा एकल महिलाको रुपमा संघर्षशील एवं सामाजिक जागरणका अग्रणी आमाको पहिचान बनाउन सफल ब्यक्तित्व चन्द्रलक्ष्मी श्रेष्ठको ७४ वर्षको उमेरमा २०८० भाद्र ८मा देहान्त भयो ।
