९ साउन २०८१, बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिनुभएको छ । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा कांग्रेस एमालेको गठबन्धनमा सरकारले संसदीय दलको नेताको हैसियतले लीला गिरी मुख्य मन्त्री भएपनि पाटी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उप नेता चेतनारायण आचार्यले मुख्य मन्त्री बनाउनुभएको एमाले पार्टी पंक्तिमा आवाज उठेको छ ।
गिरिले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय भएको भन्दै राजीनामा दिनुभएको हो । आजै एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा शपथ लिइ सक्नुभएको छ ।
