९ साउन २०८१, काठमाण्डौ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको बताइएको छ ।
त्रिभुवन विमान स्थलमा आज बिहान भएको उक्त दुर्घटनामा चालक दलका सदस्यसहित १९ जना सवार थिए । जसमा क्याप्टेन मनिष शाक्यबाहेक सबैको निधन भएको नेपाल नागरिक उडड्ययन प्राधिकरण (क्यान) ले जनाएको छ ।
क्याप्टेन शाक्यको आँखामा चोट लागेको छ । बोल्न सक्ने अवस्थामा रहेका उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनामा ज्यान गुमाउने सबै सौर्य एयरका प्राविधिक कर्मचारी हुन् । विमानमा सवार अमित महर्जन, सागर आचार्य, दिलिप बर्मा, मणुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, आरिफ रेडा मृत्यु भएको क्यानले जानकारी दिएको छ ।
'सी चेक'का लागि पोखरा जान लागेको जहाज आज बिहान ११ बजे उड्नेबितिक्कै दुर्घटनामा परेको थियो ।
