बागलुङ २२ साउन
अविरल वर्षाका कारण पहिरोले पुरिएर वागलुङ्मा एक किशोरले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रिखिराम कँडेलका अनुसार बडिगाड गाउँपालिका–९ का १५ वर्षीय विधान दर्जीको मृत्न्यु भएको हो ।
घर नजिकै आएको बाढी तर्काउने त्रलममा पहि।रोमा पुरिएर दर्जीको मृत्यु भएको कँडेलले जानकारी दिए ।
यसैगरी दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ ।
मृतक दर्जीको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ ।
