• समाचार
  • न्याय परिषद्ले गर्यो ३५ जिल्ला न्यायाधीश...

न्याय परिषद्ले गर्यो ३५ जिल्ला न्यायाधीश सिफारिस

न्याय परिषद्ले गर्यो ३५ जिल्ला न्यायाधीश सिफारिस

भुइँ पाटी
शुक्रवार, श्रावण २५ २०८१
  •  


    २५ साउन, २०८१ काठमाडौँ  : न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो । 


    सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी रहेका छन् । यसअघि जिल्ला न्यायाधीशका लागि परीक्षा लिइएको थियो । परीक्षामा कम मात्र व्यक्ति पास हुन सफल भएपछि रिक्त पदमा न्याय परिषद्को बैठकले सिफारिस गरेको हो ।
    यसरी सिफारिस भएका न्यायाधीशहरूलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन पनि गर्ने छ । 


    न्याय परिषद्को  बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend