सेनाको नयाँ सारथी सिग्देल !

सेनाको नयाँ सारथी सिग्देल !

भुइँ पाटी
शुक्रवार, श्रावण २५ २०८१

  • २५ साउन, २०८१ काठमाडौँ : नेपाली सेनाले नयाँ सारथी प्राप्त गरेको छ । बलाधिकृत रथी अशोकराज सिग्देलले शुक्रवारबाट  कमान्ड सम्हाले पछी सेनालाइ उक्त अवसर प्राप्त भएको हो । उहाँले मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन २५ गतेको मितिबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाउनुभएको थियो ।
    सिग्देललाई बिहीबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक समारोहकाबिच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गर्नुभयो । सो अवसरमा शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरेको सैनिक निर्देशनालयले जनाएको छ ।
    उहाँले सिग्देललाई सफल कार्यकालका लागि शुभकामनासहित बधाई समेत दिनुभयो । गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गर्नुभएका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दै हुनुन्छ ।
    सेनाको प्रचलित परम्परा अनुसार शर्मा शुक्रवारबाट एक महिना बिदामा बस्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend