पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट

पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट

शनिवार, भाद्र ८ २०८१
  • पोखरा, ८ भदौ

    पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए । 

    जोय ग्रुप द्वारा काठमान्डौको न्युरोडमा संचालीत जोय स्टोर्सको नयाँ शाखाको रुपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो । यो ग्रुपले एप्पल कम्पनीका आधिकारिक उत्पादनहरुमा उपभोक्ताहरुको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ । 

     

    जोयले राजधानी बाहिर पहिलो पटक पर्यटकीइ राजधानी पोखराको महेन्द्रपुलमा आफ्नो शाखा विस्तार गरेको हो । जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले हालै महेन्द्रपुल स्थित नयाँ आउटलेटको उद्घाटन गरेका छन् । 

    नयाँ आउटलेटमा आकर्षक अफरहरु सहित एप्पल कम्पनीका उत्पादनहरु बिक्रि वितरण गरिने आचार्यले जानकारी दिएका छन् । बिक्रिका साथै मर्मत सम्भार तथा एसोसरिजहरुको पनि उपलब्धता रहेको जोय ग्रुपले जनाएको छ । 

    नयाँ आउटलेटबाट एप्पल कम्पनीका पाखरिहरुलाई भरपुर सन्तुष्टि मिल्ने विश्वास ग्रुपका प्रमुख कार्यकारी अधिकृत आचार्यले व्यक्त गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend