• राजनीति
  • ओली बालेन द्वन्द्व, मुद्दा छोडेर डिभाईसमा...

ओली बालेन द्वन्द्व, मुद्दा छोडेर डिभाईसमा केन्द्रित

ओली बालेन द्वन्द्व, मुद्दा छोडेर डिभाईसमा केन्द्रित

बुधवार, भाद्र १९ २०८१
  • पोखरा

    पछिल्लो समयको नेपाली राजनीति प्रधानमन्त्ती केपि शर्मा ओली र काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको आरोप प्रत्यारोप सहित उत्कर्षमा पुगेको छ । एमालेको लुम्बिनी प्रदेश साँसद रेखा शर्माले आफ्नो घरमा बालमजदुर राखेको र ती मजदुरमाथि चरम श्रम शोषण गरेको भन्दै बालेन्द्रले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट हालेपछि एमाले र बालेन्द्रबीच वाकयुद्ध चलिरहेको छ । 

    यसैगरी अदालतले काठमाडौंका नदि किनारबाट २० मिटर पर मात्रै बस्ती सार्न दिएको आदेश र उक्त आदेशको कार्यान्वयन गर्न मेयर तम्सिएपछि पनि एमाले र बालेन्द्रबीच मनमुटाव बढेको हो । महानगरको कार्यापालिका बैठकमा उपमेयर सुनिता ढंगोल र वडा अध्यक्षहरुले अदालतको आदेश कार्यान्वयन गराउने बालेन्द्रको एकल निर्णमा बिरोध पनि जनाईसकेका छन् । 

    खासमा मुद्दा दुईवटा मात्रै हुन् । एउटा बालमजलदुर राखेर श्रम शोषण गरेको र अर्को नदि किनारबाट २० मिटर पर मात्रै भौतिक संरचना बनाउने आदेश कार्यान्वयन । तर पछिल्लो समय ओली तथा उनका कार्यकर्ता र बालेन्द्रका समर्थबीच ती मुद्दामा बहस भएको छैन । अभियान त केबल आफ्नो हातको एउटा मोवाईलको डिभाईसबाट कसका कति फलोअर्स घटाउने भन्नेमा सिमित हुन पुगेको छ । 

    देशमा, समाजमा अनगिन्ती समस्या छन् । बहसमा ल्याउनुपर्ने विषयहरु धेरै छन् । तर केही सिमित व्यक्तिहरु त्यता होईन फलोअर्स घटाउने जस्तो सस्तो काममा सिमित भएका छन् । 

    पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र एमालेबिच टसल देखिएसँगै अनफलो अभियान चलेको हो ।  प्रधानमन्त्री ओलीको सामाजिक सञ्जाल फेसबुकमा ६ लाख ६२ हजार फलोअर रहेकोमा यो अभियान पछि बुधबार बिहान उनको फलोअर घटेर ६ लाख २ हजारमा पुगेको छ । अभियान चलेको २४ घण्टा बित्न नपाउँदै ओलीको फलोअर ६० हजारले घटेका हुन् । 

    बालेन शाहको एमाले सांसदविरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् ।  आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेखेका थिए–ुपोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।ु

    उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन् । त्यसो त एमाले र बालेनबिच काठमाडौँको नदी किनाराको २० मिटर क्षेत्र खाली गराउने विषयमा पनि विवाद छ । एमालेले यसविरुद्ध संगठितरुपमै विरोध र ज्ञापनपत्र काठमाडौँ महानगरलाई बुझाएको छ ।

    यो विषय महानगरकै नगरसभामा पनि प्रवेश भएको छ ।  मंगलबारको बैठकमा उपमेयरले सुनिता डंगोल र केही वडाध्यक्षहरुले बालेनको आलोचना गरेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend