बुधबार, १९ भदौ २०८१ काठमाडौँ ः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको ५२ औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । बैठकले वकिलहरूसँग राय सुझाव माग्ने काम गरेको समितिका एक सदस्यले जानकारी दिए ।
गान्धी पण्डित, स्वागत नेपाललगायतका वकिलहरू समितिको बैठकमा सहभागी भएका थिए । यसअघि समितिले विभिन्न सहकारीको रकम हिनामिना र ठगीको आरोप लागेका व्यक्तिहरूसँग सोधपुछ गरेको थियो ।
सरोकारवालाहरूसँगको सोधपुछ र राय सुझावपछि समितिले प्रतिवेदन लेख्ने जनाएको छ । यही भदौ २२ गते सकिन लागेको समितिको म्याद १५ दिन थपिएको छ ।
