सहकारी ठगका पक्षमा भूमि सुधार मन्त्री

सहकारी ठगका पक्षमा भूमि सुधार मन्त्री

भुइँ पाटी
बुधवार, भाद्र १९ २०८१

  • बुधबार, १९ भदौ २०८१ काठमाडौँ ः नेपाल सरकारका  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सहकारी पिडितहरुको मान मर्दनमा उत्रिनु भएको छ । उहाँले सहकारीका वचत कर्ताहरुलाई तल्लो स्तरको आरोप लगाउँदे सहकारी ठगहरुलाई राहत मिल्ने गरि अभिव्यक्ति दिनुभयो ।  बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको उहाँको आरोप छ । बुधबार काठमाडौँमा सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवस कार्यक्रममा बोल्ने क्रममा अधिकारीले यस्तो अभिव्यक्ति दिनुभएको हो । 
    मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरूले नै सहरकारी पीडितहरूको अगुवाइ गरेर आन्दोलन गरिरहेको उल्लेख गर्न छुटाउनु भएन । उहाँले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेकोमा भने जोड दिनुभयो । 
    मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताउनुभयो । उहाँले सरकारले आन्दोलन सहकारी पीडितसँग भएको ८ बुँदे सहमतिमा सरकारले ७ वटा काम थालनी गरेको भन्दै सहकारीको समस्या समाधान गर्न पीडित बचतकर्ता र सहकारीको अगुवासँग छलफल सरकारले गरिरहेको बताउनुभयो । पटक पटक सहकारी पिडितका विपक्षमा खरो र सहकारी ठग्ने सञ्चालकहरुका पक्षमा नरम देखिनुभएका मन्त्री अधिकारीले सहमति भएकामध्ये आयोग गठन गर्ने काम सरकारले गरेको भन्दै सरकारले आयोग गठन गर्दा अर्को गठन गर्न कानुनी रूपमा समस्या भएको बताउनुभयो । सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको भन्दै ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने भन्दै सहकारीका पिडित वचतकर्तालाई हिस्स बनाउने गरि जवाफ दिनुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend