फैलिँदो महामारी

डेंगु र इन्सेफलाइटिसको संक्रमणले विपत्ति निम्त्याउँदै

डेंगु र इन्सेफलाइटिसको संक्रमणले विपत्ति निम्त्याउँदै

भुइँ पाटी
बिहिवार, भाद्र २० २०८१

  • बिहीबार, २० भदौ २०८१ 
    काठमाण्डौ – डेंगु र नयाँ भाइरस इन्सेफलाइटिसका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराएका हुन् । 
    मन्त्री पौडेलका अनुसार ६ हजार ८३१ जनामा डेंगु संक्रमण भएको र ७५ जिल्लामा फैलिएको छ । डेंगु  नियन्त्रणका लागि सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरू अघि बढाइरहेको मन्त्री पौडेलले बताए । 
    जापनिज इन्सेफलाइटिस नयाँ प्रकोपका रूपमा नेपालमा भित्रिएको र जसबाट चितवन र कैलालीमा ३ जनाको मृत्यु भइसकेको उनले बताए । उनले जापनिज इन्सेफलाइटिसको शंकास्पद केसको सङ्ख्या ६२७ रहेको छ । त्यस्तै २८ जनामा पुष्टि भइसकेको पनि मन्त्री पौडेलले जानकारी दिए । 
    यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जापनिज इन्सेफलाइटिसमा नियमित खोप कार्यक्रम सञ्चालन गरेको बताए । उनले प्रकोप भएका बेलामा खोप लगाउन नहुने जानकारी गराएको पनि बताए । छुटेको र पाँच वर्षसम्मको बालबालिकालाई खोप लगाइरहेको उनले बताए । बंगुर र हाँस पालनबाट जापनिज इन्सेफलाइटिस देखिएको उनले उल्लेख गरे । लामखुट्टेबाट आयो भनेपनि सुँगुर, बँगुर र हाँस पालनबाट आएको उनले जानकारी दिए ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend