रक्षक नै भक्षक भएपछि

चोरीको आरोपमा प्रहरी जवान पक्राउ

चोरीको आरोपमा प्रहरी जवान पक्राउ

भुइँ पाटी
आइतवार, भाद्र २३ २०८१

  • २३ भदौ, काठमाडौं । सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकमा भएको चोरीमा प्रहरीकै संलग्नता देखिएको छ ।
    जिल्ला प्रहरी परिसर, ललितपुरले घटनामा संलग्न रहेको आरोपमा प्रहरी जवान डम्मलाल पाध्यायसहित खोटाङको दिक्तेल–११ का प्रकाश भनिने विकास श्रेष्ठ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का गुन्दास भनिने मनोज भुजेललाई पक्राउ गरेको छ ।
    उनीहरुले २९ साउनको दिउँसो साढे १२ बजेतिर विमानस्थलबाट गोदावरीतर्फ जाँदै गरेको ट्याक्सी रोकेर लुटपाट गरेका थिए ।
    त्यसक्रममा उनीहरुले दुई वटा आईफोन–१५ दुई थान, सामसुङका दुई वटा फोन, एउटा एप्पलको ल्यापटप, गेम बक्स, दुई वटा सिक्री लगायत लगेको पीडितको भनाइ छ ।
    घटनामा संलग्न भएको आरोप लागेका एक जना अझै फरार छन् ।
    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । थप अनुसन्धान र मुद्दा दर्ता प्रक्रियाका लागि कार्यालयले उनीहरुलाई प्रहरी वृत्त, सातदोबाटो पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend