• समाचार
  • नियमित स्वास्थ्य जाँचका लागि माओवादी उपमहासचिव...

नियमित स्वास्थ्य जाँचका लागि माओवादी उपमहासचिव पुन चीन प्रस्थान

नियमित स्वास्थ्य जाँचका लागि माओवादी उपमहासचिव पुन चीन प्रस्थान

भुइँ पाटी
आइतवार, भाद्र २३ २०८१

  • २३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् ।
    पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीमगरसहित उपमहासचिव पुन दिउँसो १२ बजे चीन प्रस्थान गरेका हुन् । एअर चाइनाको उडान नम्बर ४३८ मार्फत उपमहासचिव पुन चीन उडेका छन् ।
    ‘नियमित फलोअपका लागि जानुभएको हो । २५ गते फर्कनु हुन्छ’, पुनको सचिवालय स्रोतले भन्यो । वंशाणुगत जण्डिसको समस्या देखिएका उपमहासचिव पुनले यसअघि पनि चीनमा उपचार गराउँदै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend