प्रथम राष्ट्रिय भेलाको तयारीमा रास्वपा

प्रथम राष्ट्रिय भेलाको तयारीमा रास्वपा

भुइँ पाटी
बिहिवार, भाद्र २७ २०८१

  • २७ भदौ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो असोज १ र २ गते अ प्रथम राष्ट्रिय भेला गर्ने भएको छ । उक्त पार्टीले आफ्नो प्रथम भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने जनाएको छ ।
    राष्ट्रिय भेलाको तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले १५ सय हारहारी प्रतिनिधि उपस्थित हुने जानकारी गराए ।
    बुर्लाकोटीलेले भने ‘राष्ट्रिय भेलामा करिब १५ प्रतिनिधि आउने तयारी छ । प्रतिनिधिहरुको चाप छ ।’ रास्वपाले राष्ट्रिय भेलाको तयारीको लागि १५ वटा उपसमिति गठन गरेको थियो ।
    राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले प्रस्तुत गर्ने भएका छन् । ‘यो दुई वर्षको अवधिमा रास्वपाले भोगेका कुरा र अब अघि कसरी जाने कुराहरु समेटेर राजनीति प्रतिवेदन आउँछ’, बुर्लाकोटीले पत्रकार सम्मेलनमा भने ।
    साथै, सांगठनिक, संसदीय मुल्य मान्यता, लिडरसीप एकेडेमी, सातै प्रदेशका सभापतिको प्रतिवेदन लगायत पेश हुने उनले जानकारी दिए । रास्वपा राष्ट्रिय भेलामा नीति दस्तावेज थप विस्तारित रुपमा ल्याउने भएको छ ।
    राष्ट्रिय भेलाले महाधिवेशनको मिति  पनि घोषणा गर्ने रास्वपाले जानकारी गराएको छ । राष्ट्रिय भेलाबाट अभियानहरु घोषणा गरिने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend