रहेनन् भाकपा महासचिव येचुरी

रहेनन् भाकपा महासचिव येचुरी

भुइँ पाटी
बिहिवार, भाद्र २७ २०८१

  • २७ भदौ, पोखरा – भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार जागरणका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए ।
    अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो । पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो ।
    येचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन् । उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो । उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए । उनी पार्टीमा ३ पटकसम्म महासचिव बनेका थिए ।
    येचुरीकी पत्नी सीमा चिश्ती पत्रकार हुन् । एक अन्तरवार्तामा उनले आफूलाई पत्नीले आर्थिक रूपमा सघाइरहेको बताएका थिए । उनको पहिलो विवाह इन्द्राणी मजूमदारसँग भएको थियो ।
    नेपालमा जनआन्दोलन चल्दा येचुरी लगायत नेताले भारतमा सोलिडारिटी ग्रुप बनाएर समेत सहयोग पुर्याएका थिए ।
    त्यस बेला भारतको केन्द्रीय सरकारमा येचुरीको दल सीपीएम समेत थियो, जसले विद्रोही माओवादीलाई शान्तिपूर्ण अवतरण गराउन भूमिका खेलेको थियो ।
    जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्षसमेत बनेका येचुरी नरम लोकतन्त्रवादी कम्युनिस्ट मानिन्थे । नेपालमा उनी नेकपा एमालेसँग निकट रहे पनि कांग्रेस लगायत दलसँग समेत उनको सम्बन्ध राम्रो रहेको बताउने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend