• समाज
  • आज संविधान दिवस, देशरभर सरकारी विदा,...

आज संविधान दिवस, देशरभर सरकारी विदा, विविध कार्यक्रम

आज संविधान दिवस, देशरभर सरकारी विदा, विविध कार्यक्रम

बिहिवार, आश्विन ३ २०८१
  • पोखरा, ३ असोज -

    बिक्रम सम्बत २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएको दिन् । अर्थात नेपालको ईतिहासमै पहिलोपटक जनताद्वारा निर्वाचित प्रतिनिधिले संविधान निर्माण गरेको दिन् । आजका्  संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

    संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।

    टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ ।

    आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गरेका छन् ।

    साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

    संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।

    सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

    यसैगरै सातै प्रदेश सरकार र स्थानीय सरकारहरुले पनि संविधान दिनवसका अवसरमा आफ्ना आफ्ना अनुकुलता अनुसारका कार्यक्रमहरु राखेका छन् । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री कार्यालय परिसरमा संविधान दिवस मुल समारोह कार्यक्रमको आयोजना गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend