पोखरा-
सिर्जनशील कलाकार समूहद्वारा मनसुन कला प्रदर्शनी नयाँ बजार स्थित पोखरा आर्ट ग्यालरीमा शुरु भएको छ ।
प्रदर्शनीको उद्घाटन गण्डकी प्रदेश आर्थीक मामिला मन्त्री डा. टकराज गुरुङले गरेका थिए । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो बडामै ग्यालरी स्थापित गर्न लागिपरेको बताए ।
कला क्रान्ति बर्ष कार्टुनिष्ट जित बहादुर गुरुङको मूर्तिकला साथै पानी रंग, एक्रिलिक रंग, अल्कोहोलीक रंग, पेन एड ईन्क लगायत माध्यममा ए थ्री देखि ३ र ५ फिट सम्मको ४८ कलाकारका ५५ कलाकृतिहरु प्रदर्शनीमा राखिएको छ।
जसमा बामन चालिसेको तीन हजार मूल्य पर्ने देखि बिश्व कला यात्री प्राज्ञ नगेन सिंह ठकुरीको एकलाख नौ हजार मुल्य सम्मको कलाकृति बिक्रीमा रखिएको छ। कलाकृति बिक्री भएको रकम संस्थाको कोषमा राखिने सिर्जनशिल कलाकार समुहका अध्यक्ष डीबी गुरुङले जानकारी दिए ।
उक्त प्रदर्शनी बिहान ११ बजे देखि बेलुका ६बजे सम्म अबलोकन गर्न सकिने कार्यक्रम संचालक निशान थापा मगरले जानकारी दिदै असोज ९ गते सम्म प्रदर्शन जारी रहने बताए ।
प्रदर्शनीमा बिश्व कला यात्री प्राज्ञ नगेन सिंह, प्राज्ञ रमेश श्रेष्ठ, प्राज्ञ बुद्धि गुरुङ, कृपा श्रेष्ठ, हेमकान्ती गुरुङ, आकाश गुरुङ, अमृत परियार, बाबुराम बस्ताकोटी, बामन चालिसे, बिश्व केसी, बिश्व रत्न शाक्य, बिश्वराज पराजुली, छेत्रलाल कायस्थ, डीबी गुरुङ, देवेद्र गुरुङ, दुर्गा केसी, गोपाल दराई, गोपाल श्रेष्ठ, हरेराम जोजीजू, झविन्द्र गुरुङ, जित गुरुङ, ज्योति गुरुङ ,केशर गुरुङ, लोकप्रसाद गुरुङ, मदन बान्तावा राई, मिलन शेरचन, निशान थापा, पदम घले, पारु अधिकारी, रिक गुरुङ, एस कुमार श्रेष्ठ, सञ्जय गुरुङ, सञ्जिता घिमिरे बी.के., सरोज कायस्थ, सौगात गुरुङ, शिव श्रीपाली, सुदिन श्रेष्ठ, सुरेन्द्र राज अधिकारी, थमन सिंह सुनार, उज्वल अधिकारी, युवराज लामिछाने, डा. निर्मल लामिछाने, मनोज गुरुङ, अलिता गुरुङ र प्रकाश अधिकारीका चित्रकला रहेका छन्।
